नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा
राष्ट्रिय २०७८ को जनगणनाअनुसार नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले पत्रकार सम्मेलनमार्फत नेपालको मृत्यु स्थितिबारे जानकारी गराएको हो ।
मन्त्रिस्तरीय बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गर्नुभएको छ । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको हो ।
नेप्से परिसूचक घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
च्यासल मैदानमा आर्मीले फाइनल सरह लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले हरायो ।
बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन दिएको बताउनुभएको छ । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित थियो र छ दशकअघि बन्द भएको थियो ।
चैते धान उत्पादन क्षेत्रमा वृद्धि
अन्य धानको तुलनामा चैते धानको उत्पादन बढी हुन थालेपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष बारा जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा वृद्धि भई १८ हजार क्षेत्रफलमा चैते धान रोपाई भएको हो ।
इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान
विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ ।
भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुविधा
चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरु गर्नुभएको हो।
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
हत्या गरेर फरार अभियुक्त २३ वर्षपछि पक्राउ
कपिलवस्तु प्रहरीले २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. ०६ निवासी ६१ वर्षीय सुकई पासी रहेका छन् ।
बायर्नले जित्यो बुन्डेस लिगा उपाधि
जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।
मदनभण्डारी राजमार्ग : डेढ अर्बको गुल्मी पश्चिम सडक अलपत्र
गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गत दुई खण्डमा काम भइरहेको छ । पहिलो रिडी–तम्घास खण्डमा रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रेको काम अगाडि बढेको छ । तर एकै वर्ष सम्झौता गरेको सिमलटारी–मच्छी खण्डको काम भने अलपत्र परिरहेको छ ।
च्याम्पियन लिभरपुल चेल्सीसँग पराजित
घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१ गोलले हरायो ।
निर्माण व्यवसायीलाई तालिम प्रदान
ताप्लेजुङमा निर्माण व्यवसायीलाई तालिम प्रदान गरिएको छ।ताप्लेजुङमा कार्यरत निर्माण व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासङ्घले आइतबार र सोमबार दुई दिन तालिम प्रदान गरेको हो ।
प्रहरीद्वारा हवाइ फायर : २०४ ग्राम ब्राउन सुगर बरामद
खुला सीमा भारतबाट नेपालतर्फ ठुलो परिमाणको लागु औषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी २०४ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
गुल्मीदरबारमा कपडा बैँक स्थापना
गुल्मीदरबार गाउँपालिका कपडा बैँक स्थापना गरिएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कपडा बैँकको उद्घाटन गर्नुभएको हो।
पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
सुधार केन्द्रमा कुटपिट : प्रहरीले थाल्यो अनुसन्धान
रौतहट सदरमुकाम गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल पुनःस्थापना केन्द्रमा एक युवकमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भइरल भएपछि जिल्ला प्रहरी कार्यालय रौतहतले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
घरेलु मैदानमा पुर्व कप्तान निरुले पाएको सम्मान
राष्ट्रिय टोलीको कप्तानी गर्नु थप अर्को इतिहास बन्ने गर्छ । नेपाली महिला फुटबलमा त्यस्तै इतिहास बनाउने खेलाडी हुनुहुन्छ, निरु थापा । नेपाली महिला फुटबल टिमकी पुर्व कप्तान निरुका लागि गएको साता विशेष रहयो ।
कुमा सागर र ख्वपा ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न
गायक कुमा सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ।अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अस्ट्रेलिया टुर २०२५ नाम दिइएको थियो।उक्त टुर अष्ट्रेलियाका ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै अन्तिम शो मेलबर्नमा पुगेर सम्पन्न भएको हो।
गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताउनुभएको छ ।
संसदमा सत्तापक्ष–प्रतिपक्षीबिच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच घोचपेच चलेको छ । सोमबार बसेको बैठक विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप चलेको हो ।
जोखिम मोलेर काठको पुल तर्न बाध्य
सर्केगाड गाउँपालिका र प्रदेश सरकारले गरेको बेवास्ताका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्नु पर्ने बाध्यता छ ।