• १७ जेठ २०८२, शनिबार

निर्माण व्यवसायीलाई तालिम प्रदान

blog

निर्माण व्यवस्थापनसम्बन्धी तालिमका अतिथि।तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २२ गते। ताप्लेजुङमा निर्माण व्यवसायीलाई तालिम प्रदान गरिएको छ।ताप्लेजुङमा कार्यरत निर्माण व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासङ्घले आइतबार र सोमबार दुई दिन तालिम प्रदान गरेको हो ।

नेपाल सरकार, निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको सहयोगमा महासङ्घले ताप्लेजुङमा क्रियाशील निर्माण व्यवसायीलाई तालिम दिएको हो।निर्माण व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ लिम्बूका अनुसार निर्माण व्यवस्थापकीय पक्षका विज्ञ केशवराज आचार्य र इञ्जिनियर आयुष्मा श्रेष्ठले प्राविधिक पक्षका बिषयमा तालिम अर्थात प्रशिक्षण दिनुभएको छ ।

तालिममा जिल्लामा रहेका दुई दर्जन बढी निर्माण कम्पनीमा आवद्ध व्यवसायीहरु सहभागी बन्नुभएको सङ्घका जिल्ला सचिव युगराज गुरुङले जानकारी दिनुभयो।सदरमुकाम फुङ्लिङमा सम्पन्न भएको तालिमको नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले उद्घाटन गर्नुभएको थियो।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव दाहालले कुनैपनि योजनामा बोलपत्र पेश गर्नुअघि सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावलीबारे राम्ररी जानकारी लिन निर्माण व्यवसायीलाई सल्लाह दिनुभएको थियो ।

प्रशिक्षणात्मक भनाइ राख्नुहुँदै दाहालले स्वीकृत बोलपत्रका आधारमा पाएको जिम्मेवारीलाई गुणस्तरीय र समयमै सम्पन्न गरी मुनाफा आर्जन गर्न सकेमा मात्र निर्माण व्यवसायी सफल हुने बताउनुभएको छ।यता सोमबार सम्पन्न भएको तालिमको समापनमा आउनुभएका महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय क्षेत्र देश निर्माणको आधार भएको उल्लेख गर्नुहुदै निर्माण व्यवसायीले ऐन, नियमावलीको अध्ययनसँगै विस्तृत परियोजना प्रतिवेदनको राम्ररी ख्यान राख्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष सिंहले सोमबार नै निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको कार्यालय भनवको सिलान्याससमेत गर्नुभएको छ।भवन सिलान्यास कार्यक्रममा महासङ्घका वरिष्ठ उपालध्यक्ष आङ्दोर्ची लामा, कोशी प्रदेश अध्यक्ष जनक सुवेदी लगायतको उपस्थिति रहेको थियो।

निर्माण व्यवसायलाई व्यवस्थित साथै व्यवसायिक बनाउन आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको सङ्घका जिल्ला अध्यक्ष चेम्जोङले बताउनुभयो।त्यस्तै सोमबार नै निर्माण व्यवसायी सङ्घको १५ औं वार्षिक साधारणसभा तथा विधान संशोधनसभा आयोजना गरिएको सङ्घका जिल्ला उपाध्यक्ष इन्द्र केदेमले जानकारी दिनुभयो।