काठमाडौँ, वैशाख २२ गते।गायक कुमा सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अस्ट्रेलिया टुर २०२५ नाम दिइएको थियो।उक्त टुर अष्ट्रेलियाका ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै अन्तिम शो मेलबर्नमा पुगेर सम्पन्न भएको हो।
अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यूटाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल बन्नुभएको छ कुमा सागर। उक्त कार्यक्रमलाई वाएनवाइ इभेन्टसकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले ऐतिहासिक मात्र नभएर, सिड्नीमा भएका अहिलेसम्मकै कुनै पनि नेपाली कलाकारको सबैभन्दा यादगार प्रस्तुतिमा गणना गर्न मिल्ने बताउनुभयो।
कुमा सागर न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिङ दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्नुहुने पहिलो नेपाली गायक बन्न पनि सफल हुनुभएको छ। वाइएनवाइ इभेन्टसको प्रयासले सम्भव गराएको उक्त अवसर बारे प्रबन्ध निर्देशक अमात्यले नेपाली कार्यक्रम आयोजना गर्दा अस्ट्रेलियाका स्थानीयलाई पनि सम्मिलित गराउन पाउँदा नेपालको कला र संस्कृतिको प्रवर्द्धन भएको बताउनुभयो।