पोखरामा बस दुर्घटना, २२ जना घाइते
कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्याङ्कले जनाएको छ ।
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वापा)का उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
'आफ्नो गाउँ आफै बनाऊँ’ अभियानमा माझी समुदाय
रामेछापको मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायमा अपार सामूहिक भावना र एकता छ । गाईखुरामा ६० घरभन्दा बढी माझी समुदायको बसोबास छ ।
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले बुधबार छलफल गरेको छ ।
संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ : पूर्वअर्थमन्त्री शर्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले चालु खर्च घटाउँदै संरचनात्मक सुधारमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ ।
लमजुङका गुरुङ बस्तीमा घाटु नाचिँदै
वैशाख पूर्णिमाको अवसरमा लमजुङका गुरुङ गाउँहरुमा घाटु नाच नाचिएको छ । परम्परागत गुरुङ संस्कृतिमा आधारित घाटु नाचले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ ।
‘सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ’
प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको टिप्पणी गर्नुभएको छ ।
सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गरियोस् : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले सक्षम व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।
चन्द्रनहर मर्मतको काम अन्तिम चरणमा
मुलुकको पहिलो सिँचाइ प्रणाली जिल्लाको चन्द्रनहर जीर्ण भएपछि नेपाल सरकारको पहलमा तथा जापान सरकारको सहयोगमा सुरू भएको मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ ।
विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्र्नुहुँदै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो ।
गण्डकीमा 'राइड सेयरिङ'लाई कानुनी मान्यता
गण्डकी प्रदेशमा राइड सेयरिङले मान्यता पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली पास गरेको छ ।
एमाले बाँकेले शिक्षा सुधारको माग गर्दै बुझाए पालिकालाई पत्र
नेकपा एमाले बाँकेले जिल्लाका आठ वटै स्थानीय सरकारलाई शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धि गर्न ध्यानाकर्षण गराएको छ ।
आगलागी भएको मखनमा उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चारवटै घरको अनुगमन गर्नुभएको छ । आज विहान सुरुमा दयाराम श्रेष्ठको चार तले घरमा आगलागी भएको थियो ।
गहुँ चुट्ने ग्राब्री हराउँदै
बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ ।
गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
सिटामोल र जीवनजल खरिदका लागि स्वास्थ्य विभागद्वारा औषधी लिमिटेडलाई पत्राचार
नेपाल औषधी लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँगको छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको छ ।
घाटु नाच जोगाउँदै मगर समुदाय (फोटो फिचर)
७३ वर्षीय पार्वती ठाडाले गीत सुरु गर्नु भएसँगै साथमा रहनु भएका ज्येष्ठ महिला तथा अन्य महिलाले एउटै लयमा गइरहेका छन् । नौ जना कन्या किशोरी लहरै समान हाउभाउमा नाचिरहेका छन् ।
कुमाल भाषा सम्बन्धी प्रशिक्षण हुने
कुमाल समुदायले बोल्ने कुमाल भाषा लोप हुने अवस्थामा पुगेको छ । कुमाल परिवारमै भाषाको प्रयोग नगर्नाले पनि यो भाषा हाल लोप हुने अवस्थामा पुगेको हो ।
उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन
उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ ।
मयुँ खोलाको पुल मर्मत गरिँदै
इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ ।
अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैंकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।