चौरीको रगत तताएर पिउन चिकित्सकको सुझाव
मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा वैशाख ६ गतेदेखि चौरीको आलो रगत पिउने मेलामा सर्वसाधारणको भिड लागेको छ ।
एक तोला सुनको मूल्य दुई लाख नजिक
अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
पेस्तोल देखाएर टिकटक बनाउने पक्राउ
टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला
रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला परेको छ । सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुई बालकको शव सशस्त्र प्रहरीले मङ्गलबार बिहान निकालेको हो ।
बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु
नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाइ र लछारपछारबाट चार महिने शिशुको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बाबु ३५ वर्षीय दीपेन्द्र परियार र आमा २१ वर्षीया कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।
बर्सेनि बढ्दै चैते धानको आकर्षण
भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आउनुभएको छ । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ ।
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ
म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’
मङ्गला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँच वटा खानेपानी आयोजना सञ्चालन भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित रु दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुनेछन् ।
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभएको छ ।
साइबर क्राइमको दुश्चक्र
साइबर अपराध (क्राइम) वर्तमान विश्वमा एक बढ्दो अपराध हो । कम्प्युटर र त्यससँग सम्बन्धित उपकरणलाई माध्यम बनाएर कानुनले निषेध
कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९)मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
क्षयरोग नियन्त्रण अभियान प्रभावकारी
रुपन्देहीमा क्षयरोग नियन्त्रण अभियान प्रभावकारी बनेको छ । रुपन्देहीमा पछिल्लो साढे एक वर्षमा दुई हजार ७७९ जनामा क्षयरोगका बिरामी फेला परेका छन् । उक्त अवधिमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
पुस्तकालयको सञ्चालन कोष स्थापना
जिल्लाकै जेठो दोलखाको भीम पुस्तकालयको सञ्चालन कोष स्थापना भएको छ । भवन पुनर्निर्माण भई २० वर्षपछि सञ्चालनमा आएको पुस्तकालयको पहिलो चरणमै दुई लाख ९६ हजार रुपियाँ कोष जम्मा भएको भीमेश्वर नगरपालिका–२ का अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।
हत्यामा संलग्नलाई जन्मकैद
गुल्मीको मुसीकोट नगरपालिका–७, वामीनजिकै होटेल सञ्चालन गर्नुभएकी गङ्गादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ ।
चार दशकमा १७५ घडियाल गोहीका बच्चा
विश्वबाट नै लोप हुनथालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालन छ । सञ्चालन भएको ४२ वर्षमा १७५ वटा गोहीका बच्चा हुर्किएका छन् ।
विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन बन्दै
कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउन लागिएको छ ।
हात्ती धपाउन जाग्राम
सर्लाहीको हरिपुर र हरिवन नगरपालिकाका किसान हात्ती धपाउन रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली हात्ती आएर घोगा लागेको मकै खाने र कुल्चिएर नष्ट गर्न थालेपछि किसान मकै जोगाउन रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । हरिपुर नगरपालिका–१, हजारबिघा, हरिपुर नगरपालिका–२, सखुवामौजा र सानो जगतपुर तथा हरिवन नगरपालिका–५, घुर्कौली क्षेत्रमा तीन वटा जङ्गली हात्तीले किसानको मकै बालीमा क्षति पुु¥याइरहेका छन् ।
पाठ्यपुस्तक बिक्री धमाधम
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै १७ करोड ६६ लाख तीन हजार ६१७ रुपियाँका पाठ्यपुस्तक बिक्री गरेको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्युनीकरण तालिम
नेपाल सरकार सङ्घीय कार्यालय अन्तर्गत पर्ने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र सुदूपश्चिम प्रदेश सरकार अन्तर्गत पर्ने डिभिजन वन कार्यालय दार्चुलाले मानव–वन्यजन्तुको द्वन्द घटाउन विद्यालयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
प्रदेश सभाले पायो भाषा अनुवादक
आफैँले ऐन बनाएको डेढ वर्षपछि बागमती प्रदेश सभा सचिवालयले भाषा अनुवादक पाएको छ । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० बनेको डेढ वर्षपछि र प्रदेश ऐन लागु भएको एक वर्षपछि बागमती प्रदेश सभा सचिवालयले नेपाल भाषा र तामाङ भाषाका अनुवादक पाएको हो ।
दिवारगाउँ ‘पूर्ण सरसफाइ उन्मुख’ घोषणा
जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइ उन्मुख’ घोषणा गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
गत वर्षको बर्खाले बिग्रेका सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ ।