ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा जात्रा
श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण जात्रा निकालिएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्ण रथसहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् ।
हिले–जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ’
आम जनता पार्टीले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याएको छ ।
राष्ट्रिय चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बाँकेको चिसापानीमा कोदोको परीक्षण
सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौ प्रकारका कोदोको बाँकेको चिसापानीको गाभरस्थित सामुदायिक जिन बैंकमा परीक्षण सुरु गरिएको छ।
‘संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ’
सांसद नारायणप्रकाश साउदले नेपाली कांग्रेस र नेपा (एमाले) बिच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।
एक करोड मूल्यको सुनचाँदीसहित चार पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो ।
प्रतिनिधि सभा बैठक : महँगीलगायत आपराधिक घटना नियन्त्रणका लागि ध्यानाकर्षण
सांसदहरूले देशमा बढ्दै गएको महँगीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘दारी ग्याङ’ ले फुटसल गर्ने
सामाजिक सञ्जालमा सक्रिय युवाहरूको समूह ‘दारी ग्याङ’ ले भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गाजाको अवस्था दयनीय
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी’’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो’’ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।
दैनिक साढे तीन करोड लिटर पानी वितरण
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक साढे तीन करोड लिटर पानी वितरण गरिरहेको छ । बोर्डले मङ्गलबार पत्रकार सम्मेलन गरेर प्रतिदिन तीन करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७२१ धारामार्फत वितरण गर्दै आइरहेको जानकारी दिएको हो ।
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा
राजु लामिछानेरुकुमपश्चिम, भदौ ११ गते। रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मङ्गलबार) बिहान ८:१५, ८:३७ र ९:०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो। जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन्। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै (करिब २८ हप्तामै) तीन बच्चाको जन्म दिनुभएको हो। सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ। सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुग्नुभएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ। तौल पनि कम र श्वासप्रश्वासमा केही समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाइएको उहाँले जानकारी दिनुभयो। स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याहा बच्चा जन्मिएको पहिलो पटक हो। जुम्ल्याहन बच्चा जन्माएको घटना फेस गरेको भएता पनि पहिलोपटक तिम्ल्याहा बच्चा जन्मिएको घटना फेस गरेको उहाँले जनाउनुभयो। गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले तिम्ल्याहा बच्चा विरलै जन्मिने गरेको बताउनुभयो। सुत्केरी र नवजात शिशुलाई गाउँपालिका एम्बुलेन्समार्फत अस्पताल इन्चार्ज कर्णवीर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेर बिरामी तथा घाइतेहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ।
महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
अस्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै
अस्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।
नेप्सेमा निरन्तर गिरावट
यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ। आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
अन्नपूर्णमा सम्पर्कविहीन एक स्पेनीको शव फेला
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन स्पेनी पर्यटक ३७ वर्षीय इरिक कासानोभासको शव फेला परेको छ। भुरौदीखोलाको सुदामे भन्ने ठाउँमा मङ्गलबार दिउँसो साढे २ बजेतिर शव फेला परेको हो।
के हो हाम्रो ‘खुसी पाठ्यक्रम’ ?
नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्येनजर गरेर ‘हाम्रो खुशी’ (आवर हेप्पीनेश) पाठ्यक्र शुभारम्भ गरेको छ। नेपालमै पहिलो पटक मध्यविन्दुमा सञ्चालनमा आएको पाठ्यक्रमको गत भदौ ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शुभारम्भ गर्नुभयो।
नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ ।
सत्ताको खेलमा नलागी जनताको अधिकारका लागि अघि बढ्छौँ : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गर्नुभएको छ ।
वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम
अमेरिकी विकास सहयोग नियोग (युएसएड) को जलजङ्गल परियोजना (अमेरिकी जनता)को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरूमा तालिम सुरु गरिएको हो ।
चार अर्ब १९ करोडको विद्युत् निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपियाँ आम्दानी गरेको छ ।
बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
भियतनामले अक्टोबरमा नयाँ राष्ट्रपति पाउने
भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।