• १६ भदौ २०८१, आइतबार

‘दारी ग्याङ’ ले फुटसल गर्ने

blog

फुटसलबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, भदौ ११ गते । सामाजिक सञ्जालमा सक्रिय युवाहरूको समूह ‘दारी ग्याङ’ ले भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कपनस्थित कान्तिपुर ट्रेनिङ सेन्टरमा हुने फुटसलमा २४ देखि ३२ टोलीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितालाई बीज एजुकेसनले मुख्य प्रायोजक‌ गरेको छ ।

प्रतियोगितामा जो कोही नेपाली नागरिकले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स र उच्च गोलकर्ताले गोल्डेन बुटसहित जनही पाँच हजार रुपियाँ प्रदान गरिनेछ ।

‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ आयोजना गरिन लागिएको प्रतियोगिताबाट बचत रकम सामाजिक कार्यक्रममा खर्च गरिने आयोजक समितिका सदस्य महेश्वर घिमिरेले जानकारी दिनुभयो ।