डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध
बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ ।
दुर्घटनामा चालकको मृत्यु
कैलालीमा रोकेर राखेको ट्रकमा गए राति मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका –१ स्थित ६ लेन सडकमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सुनको मूल्य तोलामा छ सयले घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।
अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित हुने
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”
अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ मुग्लिन सडकको आँपटारीमा रुख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नंं १ आँपटारीमा बिहान ८ बजेको समयमा रुख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो । ढलेको रुख सुरक्षाकर्मीले काटेर हटाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
पोखरामा तायमचा नृत्य प्रतियोगिता
लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलीजुली नेवाः खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् ।
प्रेम विद्रोह (कथा)
म जब ऊसँग एक्लै हुन्थेँ, म आफैँमा निकै दङ्ग, फुरुङ्ग र कता कता हराए जस्तो हुन्थँे । कहिले उसको सम्झनाले मप्रति एकाग्रता पैदा गथ्र्यो । मेरा आँखा
गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता
गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर- ८ मजुवाका मनबहादुर कुमालका १६ वर्षीय छोरा असिम कुमाललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार बिहान ८:३५ बजेको समयमा जालद्वारा माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।
राजनीतिक कार्यक्रममा बालबालिका
राजनीतिक दलहरूले आफ्ना कार्यक्रमलाई सफल पार्न बालबालिकाको प्रयोगलाई बढाएका छन् । जुम्ला जिल्लाको सिँजामा सुरु भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनमा जुम्ला जिल्लाका विभिन्न विद्यालयबाट बालबालिकालाई गाडी रिजर्भ गरेर सहभागी गराइएको छ । जुम्लाका सबै पालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई सम्मेलनमा सहभागी गराइएको हो ।
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किने...
तिजका गीत मायापिरती, वेदनाकै हुनुपर्छ र यस्ता गीतले मात्र लोकप्रियता हासिल गर्दछ भन्ने होइन । समाजमा सुसुप्त एवं व्याप्त तर हालसम्म उठान नभएका महिलाको प्रजननसित सम्बन्धित नयाँ समस्यालाई समयमै उजागर गराउँदा धेरैको जीवनमा परिवर्तन आउन सक्छ ।
अर्को भूमिकामा जाने सोचमा छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा रहेकाे बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको भन्दै अब पार्टीभित्र एउटा सिस्टम बसालेर आफू अर्को भुमिकामा जाने सोच गरेको बताउनुभएको हो ।
पञ्चमीका चन्द्रमा
जताततै आतङ्क र बम, गोला बारुद । कानले सुनिनसक्नु गरी पड्केका बन्दुकहरू । सुरक्षाकर्मी र आतङ्ककारीबिच हुने बेलाबखतका झडपले मूचर््िछत सहरमा दिउँसै पनि मन्द मन्द
आजको मौसम : केही क्षेत्रमा भारी वर्षाको सम्भावना
आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ ।
अध्यक्ष प्रचण्डद्वारा नेपालगन्ज रङ्गशालाको अवलोकन
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
भारतीय बस र ट्रक ठोक्किँदा तीन घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो । दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री,ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।
वन अधिकृतको सराहना
राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउने जिल्ला वनका कर्मचारीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सराहना गर्नुभएको छ । बाराको कोल्हवी नगरपालिका–२, बसनचौरीस्थित राष्ट्रिय वनको १११ बिघा १२ कट्ठा १६ धुर जग्गा किर्ते गरी अतिक्रमण गर्ने प्रयास विफल तुल्याउने डिभिजनल वन कार्यालय बाराका प्रमुख विनोद सिंहलाई मुख्यमन्त्री सिंहले सराहना गर्नुभएको हो ।
द्वन्द्वपीडितको पीडा : पीडितले मागे द्वन्द्वको प्रमाणपत्र
कर्णाली प्रदेशका द्वन्द्वपीडितहरूले द्वन्द्वमा परेका आफन्तजनको कि सास कि लास भनेर अब राज्यले सत्य कुरा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । शान्ति सम्झौताको १८ वर्ष पुग्दा पनि आफ्ना बेपत्ता सदस्यको न सास न लास पाइएको भन्दै राज्यले अब यथार्थ के हो ? त्यो सत्य कुरा सार्वजनिक गरिदिनुपर्ने उनीहरूको भनाइ छ । पीडितहरूले सास वा लासभन्दा पनि अब सत्य कुरा सार्वजनिक गरी पहिचानका लागि द्वन्द्व प्रमाणपत्र तथा परिपूरणमा प्राथमिकता दिन आग्रह गरेका छन् ।
किताबरहित शुक्रबार झोला होइन, खाली हात
कर्णाली प्रदेश सरकारले शिक्षालाई व्यावहारिक बनाउने गरी नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटेर ‘किताबरहित शुक्रबार’ जीवन उपयोगी शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । विद्यालयमा हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्ने गरी योजना अघि सारिएको छ । हरेक हप्ताको शुक्रबार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गर्ने गरी कार्यक्रम सुरु गर्न लागिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो वर्षदेखि परीक्षणको रूपमा कार्यक्रम सुरु गरिने निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो ।
अस्पतालमा मुख्यमन्त्रीको छड्के
लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा चिकित्सकले लापर्बाही गरिरहेको गुनासो आएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले छड्के अनुगमन गर्नुभएको छ ।
साधारण खर्च घटाउन निर्देशन
बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च घटाउन, मितव्ययिता अपनाउन र प्रदेश सरकारको कार्यसम्पादन एवं सेवा प्रवाहमा सुशासन कायम गर्न निर्देशन दिएको छ ।
सडक निर्माणमा ढिलाइ
बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । निर्माण समयावधि सकिँदा सडक निर्माणको काम भने २० प्रतिशतमात्र भएको छ ।
ग्रामीण सडक मर्मत नहुँदा सास्ती
बर्खाका बेला ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण असारदेखि अवरुद्ध सडक सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ तथा सामान ढुवानीमा समस्या भएको छ । हिउँदमा नियमित सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समयमा अवरुद्ध बन्ने गरेका छन् । सडक मर्मत तथा सफाइ गरी सञ्चालनमा ल्याउने प्रयास भने गरेको देखिँदैन । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्थानीय प्रेम सार्कीले बताउनुभयो ।