• १६ भदौ २०८१, आइतबार

आजको मौसम : केही क्षेत्रमा भारी वर्षाको सम्भावना

blog

काठमाडौं, भदौ १६ गते । आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ । 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।