• १६ भदौ २०८१, आइतबार

प्रेम विद्रोह (कथा)

blog

म जब ऊसँग एक्लै हुन्थेँ, म आफैँमा निकै दङ्ग, फुरुङ्ग र कता कता हराए जस्तो हुन्थँे । कहिले उसको सम्झनाले मप्रति एकाग्रता पैदा गथ्र्यो ।

मेरा आँखाहरू अनौठो सौन्दर्य हेर्न आकुल हुन्थे । मलाई त्यो क्षण सम्पूर्ण उपलब्धि पाए जस्तो र संसार नै जिते जस्तो लाग्थ्यो । त्यस बखत धेरै अघिदेखिको चाहना बल्ल पूर्ण भएको आभास हुन्थ्यो । कता कता मधुरम आनन्दले बेरे जस्तो हुन्थ्यो र म चारैतिर आँखा घुमाउँथे । विशाल हृदयको साथ हाँसिरहेको त्यो नौलो युवतीमा अनुपम शक्ति थियो । ऊ अर्थात् मेरी... ।

घर आएको दिनदेखि नै आमाले खुसीमा लय बुनेको मलाई अझै सम्झना छ । तेरो त्यो झ्याप्ले कपाललाई ठुटे बना नत्र तलाई कसैले छोरी दिँदैनन् बुझिस् नि !

म बार्दलीबाट नै आमालाई सोध्छु, “ए आमै त्यो को नि ?” ‘ज्योतिको दाइ’ आमाले गिलासमा मोही पिउन दिँदा ऊ टाउको हल्लाउँदै हाँस्छ । मलाई देख्नासाथ उसले मौनतामा एक टक हेरिह्यो । केही बेरपछि त्यो मान्छे सुस्त स्वरमा बोल्यो ‘भोलि सबैजना उतै पाल्नू ।’ ऊ हिँड्दाहिँड्दै म बाबालाई सोघ्छु “कस्तो खाउँला झै तलदेखि माथिसम्म नियालेको, को हो त्यो ?” “भोलि थाहा हुन्छ, चुप लागेर सुत” बा केही नभनी भित्र छिर्छन् । 

बिहानै मिर्रमिरेमै आमाले चिया दिँदै यति भनेकी हुन्छिन्, “राम्ररी हेरेस् तेरो संसारलाई । जब म विवाहै  गर्दिनँ” जान्न अर्काको छोरी हेर्न म अटल रहेँ आफ्नै शब्दमा ।” कत्रो रहर, इच्छा बुनेको थिएँ । “अझ पढा तेरो हाकिम साहबलाई” बा एकाएक पड्किए तर धन्न त्यहाँ सामुन्ने आमा थिइनन् नत्र त्यहाँ कतै रिसको ज्वाल फुट्थ्यो ।

छोटो अवधिमा बा फेरि एकाएक आमासँग तर्के, त पनि मसँग जाने कि न जाने ? अर्काको छोरी हेर्न । आएँ, आएँ... आमा भित्रैबाट बोलिन् । निस्किने बेलामा दोधारमै आमाले मलाई पछ्याइ नै रहेकी थिइन् तर मैले गोडा नसारेपछि, चुपचाप छेउबाट मलिन हुँदै गइन् । किन किन खुला रूपमा मन उदास मात्र थिएन कि म आफैँ निरास पनि थिए । लामो समयसम्म घरको बार्दलीमा बसिरहेको म कति बेला खोलाको छेउमा पुगेछु पत्तै पाइनँ । आफू कसैको प्रेममा निथ्रुक्क भिजेको थिएँ तर कसैलाई भन्नै सकिनँ । आफैँमा कतै विलुप्त भए, ती पलहरू । 

कहिले घाम, कहिले पानी रहेछ जीवन । सधैँ एकनास के हुन्थ्यो र ? आफँैलाई आफैँले सान्त्वना दिएँ तैपनि मन निक्कै अशान्त थियो । खोलामा झैँ मेरो मनमा पनि बाढी बडेको थियो । किन आमालाई बासँग अघि पठाएँ त्यो अनजान ठाउँमा, कहीँ रिसको झोकमा आमालाई थप्पड त बजाउँदैनन् नि !  त्यो लामो बाटोमा एकाएक मन कुँडियो ।  

मैले आमालाई सम्झिँदै विलाप गरेका ती आवाजहरू खोलाकै दोभानमा पहराहरूबिच अलप भए । एकैछिनपछि दौडमा दौडिरहेको घोडा झैँ ठाडो बाटो आमालाई पछ्याउँदै म दौडिरहेँ । अलि पर देखियो विस्तारै हिँडेका ती निरास, उदास पाइलाहरू । कुदेको कुदै आमा सामुन्ने आएर टक्क रोकिए मेरा गोडाहरू । हातबाट झट्कारेर छुटाएको स्नेह पुनः पाउँदा आमाले शिरमा विस्तारै हात राखेको चाल पाएँ । खुसहाल समय थियो । छिटो छिटो जाऊँ म आफैँ पनि त्यो केटीलाई हेर्न आतुर छु तर कर गर्न पाउनु हुन्न नि मेरो पहिलो सर्त थियो । 

त्यहाँ त हिँड, कहीँ केटीले पो तँलाई नकार्ने हो कि, बाबाले विस्तारै मतिर हेर्दै आव्रmोश पोख्नुभयो । भित्र भित्रै निक्कै रिस उठे पनि चुपचाप आफ्नो मायाको संसार निभ्दा पनि केही नभनी दोधारमा पछि पछि हिँड्दै थिएँ । पहिलो पटक केटी हेर्न जाँदा मायाको पखेटा काटिएका थिए । मन रोमाञ्चित थिएन तैपनि समयको प्रभावले मलाई उनको घर पु¥याएर छोड्यो ।

आफूलाई आत्मसात् गर्न नसक्दा सबै अर्थहीन एवं समयको रफ्तारमा एक गन्तव्यहीन यात्राको साक्षी भएँ म, कमसेकम आमाले त मेरो मनको ढुकढुकी बुझ्नुपर्ने हो, मैले मनमनै सोचेँ । 

घरको आगनमा स्वागतद्वार राम्ररी बनाइएको थियो । टेबुलमाथि टीका, अक्षता र फूल तथा दुबोको माला किस्तीमा राखिएको थियो । दियो बाल्नुअघि केटीसँग केही छलफल गर्ने अनि मात्र निर्णय दिने निधो गरेँ । अलि असहज मान्दै आखिरमा सबैले सहमति जनाए । मलाई त्यहाँबाट भित्र कुनाको कोठामा लगियो । अलि अलि अप्ठ्यारो तथा सङ्कोच मान्दै, रातो साडीमा आधा घुम्टो ओडेर चुपचाप मेरो अगाडि आएर बसिन, कस्तो अच्चम, केही सोध्नु छ कि भन्दा टाउको मात्रै हल्लाइन् । आफ्नो प्रेयसीको प्रेम र स्नेहमा अमूर्त छु । मेरी प्रियतमा प्रेमपत्र पोखेको छु । प्रेमका कारण तपाईंसंँग विवाह गर्दिनँ । अस्वीकार गर्दिनु एक विरही प्रेमीको मनोदशा भाव पोखेँ । 

एकाएक मन हलुङ्गो एवं आत्मसन्तुष्ट भयो । लामो लामो सास फेर्दा रातो माटोको बास्ना बाहिरबाट आइरहेको । वातावरणमा शान्त, गम्भीरता छ तर कस्तो विडम्बना त्यो केटीलाई आफ्ना सारा व्यथा बेलिबिस्तार लाउँदा पनि मसँगै टीकाटाला गरिन् । थाहा छैन, उसलाई के कुराले रोक्यो, केले बाँध्यो । उसको त्यो स्वभावले आफ्नो मन बिचलित भयो, त्यहाँबाट फर्किंदा म निकै खिन्न तथा अलमलमा थिएँ ।

राति सुत्ने बेला आमाबासँग गनगन गर्दै हनुहुन्थ्यो, कसरी सक्ने यति ठुलो कार्य, घर मर्मत गर्नु पर्छ, रङ्रोगन पनि गर्नु पर्छ । नकरा, नकरा, बाबाले मिलेर कार्य पूरा गर्छौं त चिन्ता नगरेस् भन्दा म छटपटीमै बेरिएको थिए । रातभर निद्रा परेन, अनुहार पनि न्याउरेको थियो । आपनत्वको आँखाबाट परपर भागिहिँड्थे । म घरको एक्लो छोरो कसरी प्रेम (विद्रोह गर्न सक्थे) कसरी रोक्न सक्छु यो विवाह मैले केही बुझ्नै सकिनँ । 

मेरो बोली फुटेन, अलमलमै नजिकियो त्यो दिन ।  सरी थाल्ने मेरो गृहस्थी ! बिर्सनु थियो सात फेराको कसमसँगै । तर म कसरी बिर्सन सक्थे उसलाई ? ऊ हरेक फेरामा मसँग घुमिरहन्थी सातै चोटि । उस्तै हेराइमा ! 

अहो, साच्चै, त्यहाँ त ऊ पो हाँसिरहेकि थिई । कही म निद्रामा त छैन, आफँैलाई चिम्टिएर हेरेँ । म जति जति ऊबाट टाढा टाढा जान चाहन्थे, ऊ त्यति मेरो नजिक हुन्थी । उसलाई देख्ने बित्तिकै पहिलो नजरमा नै विश्वासको अनन्त आभासमा हराएको थिए ।

राति कोठामा मघुर प्रकाशको उज्यालो फैलिएको थियो तर त्यो अन्जान युवती निहुरिँदै प्रेमपत्र पढ्न आग्रह गर्दैथिइन् । स्मृतिले पुनः आफूले दिएको प्रेमपत्र अस्वीकार गर्ने प्रेयसीको याद दिलायो । म ढोका खोलेर बाहिर निस्किएको मात्र के थिएँ, हाम्रो संसारलाई कहिल्यै बिर्सन सक्दिनँ जब त्यो शब्द बोलिन् म हेरेको हेरै । त्यो मुस्कान, मेरो प्रेमको उत्सव ।  मधुपर्क


तारकेश्वर–७, काठमाडौँ