बिचल्लीमा बाढीपहिरोपीडित
दार्चुलाको मार्मा गाउँपालिकाका बाढीपहिरोपीडित परिवार समस्यामा परेका छन् । मार्मामा साउनमा आएको बाढीपहिरोबाट ३६ परिवार प्रभावित भएका छन् । मार्मा गाउँपालिका–४, मर्मतीका २३ परिवार; वडा नं. ५ गन्याडीका छ परिवार र मुरैका दुई परिवार, वडा नं. ६ का तीन परिवार र वडा नं. ३ का दुई परिवार गरी ३६ परिवार यो वर्ष बाढीपहिरोको चपेटामा परेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।
राजविराज–छिन्नमस्ता सडक अधुरै
राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।
बिरेखोला झरना आकर्षक गन्तव्य
बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको बिरेखोला झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक बन्दै गएको हो । प्राकृतिक वरदानको नमुना बिरेखोला झरना प्राचीनकालदेखि नै यसरी बग्ने गरेको बताइएको छ । उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको झरना केही वर्षयता सामाजिक सञ्जालमा चर्चित छ । करिब तीन सय मिटर अग्लो बिरेखोला झरना हेर्न प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । एक दिनमा करिब दुई सय पर्यटक झरनामा रमाउन आउने गरेको वडाध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
ढोरपाटनको पाखाथरमा ‘होमस्टे’
पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।
स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन
धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो ।
खुला व्यायामशालातर्फ सर्वसाधारणको आकर्षण
तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो ।
दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई
पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।
हरित ऊर्जामा सफलता
विश्वमा हुँदै आएको खनिजजन्य इन्धनको अधिक प्रयोगले उत्पन्न वातावरणीय प्रदूषण कम गर्नेतर्फ अन्तर्राष्ट्रिय मञ्चमा घनीभूत बहस हुँदै आएको छ । विश्वव्यापी तापमान वृद्धि न्यूनीकरणमा भइरहेका अन्तर्राष्ट्रिय पहल तथा कार्बन उत्सर्जन कटौतीप्रतिको प्रतिबद्धता अनुरूप केही वर्षयता वैकल्पिक ऊर्जाको खोजीलाई व्यापक बनाइएको हो । विद्युतीय ऊर्जा, सौर्य ऊर्जा हुँदै थप हरित ऊर्जाको रूपमा अब हाइड्रोजतर्फ विश्वको ध्यान गएको छ । हरित हाइड्रोजनबाट सवारीसाधन चलाउन थालिएका समाचार अपत्यारिलो लाग्दथ्यो । अब भने नेपालमै हरित हाइड्रोजन इन्धन प्रयोग गरेर गाडी गुडाउन सफलता मिलेको छ । काठमाडौँ विश्वविद्यालय (केयु
अर्थव्यवस्थाको स्पष्ट कार्यदिशा
यति बेला मुलुकमा संविधान सभाबाट संविधान निर्माण गर्दा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएका दुई फरक धारका दुई ठुला राजनीतिक दल सम्मिलित झन्डै दुई तिहाइको बलियो गठबन्धन सरकारले शासनको बागडोर सम्हालिरहेको छ । फरक राजनीतिक सिद्धान्तबाट निर्देशित दलबिचको यो अप्रत्याशित गठबन्धन कति लामो जाने हो, त्यो भने भविष्यकै गर्भमा छ । यो गठबन्धन कति प्राकृतिक र उचित हो भन्ने विषय राजनीतिक बहसको बेग्लै पाटो हुन सक्छ
वित्तीय सङ्घीयताका तगारा
सङ्घीय शासन प्रणालीमा तहगत सरकारमा राज्य शक्तिको बाँडफाँटको व्यवस्था संविधानमा गरिएको हुन्छ । नेपालको संविधान २०७२ जारी भइसकेपछि नेपालको शासकीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ । नेपालले अवलम्बन गरेको सङ्घीयता समन्वयात्मक मोडेलको छ । जहाँ तीनै तहका सरकारका अधिकार संविधानले नै तोकिदिएको छ । तीनै तहका सरकारका आआफ्ना एकल अधिकार र साझा अधिकारसमेत संविधानले नै सुनिश्चित गरेको छ । यसैको आधारमा विगत सात वर्षदेखि सङ्घ, प्रदेश र स्थानीय सरकारले राज्यशक्तिको प्रयोग गर्दै आएका छन् ।
फोहोर फाल्ने खोला सौन्दर्य स्थल
चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ । कुनै समय यो खोला नारायणगढ बजारसहित वरपरबाट पौडी खे
सम्झनलायक कामको अपेक्षा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । वर्तमान प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्नुभएको हो । त्यसो त उहाँ अध्यक्ष रहनुभएको दल नेकपा एमाले नै प्रतिनिधि सभामा दोस्रो ठुलो दलको हैसियतमा छ । यहाँनेर सबैभन्दा ठुलो दल र दोस्रो ठुलो दलको प्रसङ्ग यस अर्थमा उजागर गरिएको हो कि–संसदीय प्रणाली अवलम्बन भएको देशमा प्रधानमन्त्रीलाई यस्तो ऐतिहासिक अवसर बिरलै प्राप्त हुने गर्छ । नेपालको राजनीतिक इतिहासमा यस प्रकारको महत्वपूर्ण अवसर २०४६ सालको परिवर्तनपछि, २०५६ र २०६२/६३ सालको ज
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
निर्माण आयोजना व्यवस्थापनमा समस्या
आयोजना विकासका काट्ने धार हुन् । आयोजनाको सफल कार्यान्वयनबाट नै योजनाका लक्ष्य पूरा भई मुलुकले समृद्धिको गन्तव्य पहिल्याउँछ । आयोजना व्यवस्थापन प्राविधिक विषय हो । यसलाई सतही रूपमा व्यवहार गरियो भने साधनको अपव्यय मात्र हुँदैन, विकास विकृतिमा परिणत हुन्छ । अल्पविकसित मुलुकमा साधनस्रोत सीमित हुने, छिटो विकासको लक्ष्य पनि प्राप्त गर्नुपर्ने तर सरकार नै विकासको एकल प्रदाता बन्नुपर्ने कारण आयोजना व्यवस्थापनमा प्रभावकारिताको आवश्यकता हुन्छ । दुःखको कुरा आयोजना व्यवस्थापनमा प्राविधिक व्यावसायिकता देखिँदैन । यस वर्षको बजेट वक्तव्यमा बलेवा, लामिडाँडा, मनाङ, बैतडीलगायतका विमानस्थल सञ्चालनमा नआएकाले निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङलगायत एभिएसन स्पोर्टमा उपयोग गर्ने नीति घोषणा घोषणा गरिएको छ । निकै महत्वका साथ निर्माण सम्पन्न भएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थ
तीन कृतिलाई फेडोल सम्मान
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन कृतिका लेखकलाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरिएको हो । प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्नुभएको हो ।
पुनर्जन्मको कथा ‘काँचो धागो’
नाटक ‘काँचो धागो’ मा गण्डकी प्रदेशमा बोलिने बोलचालको भाषादेखि लिएर मगर जातिको ठाडोभाकाको लोकगीत, सङ्गीत र नृत्यका साथै गन्धर्वको गीतको मौलिकता भल्किन्छ । समाजमा देखिने समाजिक बेथितिलाई नाटकमा पेचिलो ढङ्गमा पस्कन माहिर निर्देशक तथा लेखक आशान्त शर्माले यस पटक पनि नाटक ‘काँचो धागो’ मार्फत दर्शकलाई भावनामा बग्न बाध्य बनाएका छन् । काठमाडौँको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटकमा मानवीय स्वभाव, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोड्न खोजिएको छ ।
आजदेखि एन्फा महिला लिग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार एन्फा महिला लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाको आयोजनामा हुने प्रतियोगिता आइतबार सुरु हुने छ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले सहभागिता जनाउने छन् ।
सहकारीले श्वेतपत्र जारी गर्नुपर्ने
अब सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यको पहुँच पुग्ने गरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले सबै सहकारी सङ्घसंस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । विभागले श्वेतपत्रको ढाँचासमेत सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सहकारी संस्थाका सदस्यले संस्था नै नचिन्ने, संस्था नदेख्ने, सञ्चालकलाई पनि राम्ररी नचिन्ने अवस्थाले गर्दा सहकारीमा समस्या आएको आमगुनासोका आधारमा विभागले यस्तो व्यवस्था गरेको हो ।
पूर्वाधारको प्रतीक्षामा सुतैया ताल
बाँकेको बैजनाथ गाउँपालिका–३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाइ बन्दै गएको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अतिनै रमणीय भएकाले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वनजङ्गलको आनन्द लिनेहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्धन गर्दै आएको छ ।
ऊर्जाविज्ञमा अधिकारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को भदौ १३ को बैठकले उहाँलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेको हो । इलेक्ट्रिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी करिब तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ । काभ्रेको रोशी गाउँपालिका–९ का अधिकारी ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिनुहुन्छ । नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।