पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनु पर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तकालयको संरक्षण, प्रवर्धन र पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा शनिबार सत्रौँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री भट्टराईले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालमा पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन अभाव रहेको उल्लेख गर्दै कानुन बनाउन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘छुवाछूत कुप्रथा हो’
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा दलित समुदाय आन्दोलनमा आउनुपरेको बताउनुभएको छ । २५ दिनदेखि माइतीघर मण्डलामा सडक धर्नामा बसेका दलितका लागि दलित अभियानलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा भएको व्यवस्थालाई ऐन बनाएर कार्यान्वयन गरौँ, दलितलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था छ, त्यो कार्यान्वयन गरिदिए भयो त । एक पटकका लागि जमिन उपलब्ध गराउने व्यवस्था छ तर कार्यान्वयन भएको छैन ।”
सडक दुर्घटनामा महिलाभन्दा चार गुणा बढी पुरुषको मृत्यु
सडक दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको सङ्ख्या चार गुणाभन्दा बढी हुने गरेको देखिएको छ । २०७५ साउनदेखि २०८१ असारसम्मको तथ्याङ्क अनुसार सडक दुर्घटनामा जम्मा १५ हजार १६८ जनाको मृत्यु भएकामा दुई हजार ८६५ जना महिला छन् । त्यसै गरी सो अवधिमा १२ हजार ३०३ जना पुरुषको मृत्यु भएको छ ।
हिमाल चढ्न ३६ जनाले पाए अनुमति
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् । विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।”
‘स्मार्ट’ बनेन ‘स्मार्ट लाइसेन्स’
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको लाइसेन्स दिन थाले पनि त्यसै बेलादेखि यो समस्या जटिल बनेको हो । स्मार्ट लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरेर राजस्वसमेत तिरेर लाइसेन्स पाउने पालो कुरेका सेवाग्राही १६ लाख छन् । सावरीचालक अनुमतिपत्रका लागि लिइने लिखित, प्राविधिक जाँच र प्रयोगात्मक परीक्षा पास गरेर लाइसेन्सको कार्ड पाउन तीन वर्षसम्म कुर्नु परेको छ ।
शिवपुरीमा बढ्यो चरा संरक्षणको चुनौती
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो समय यहाँ झन्डै ८० प्रजातिका नयाँ चरा थपिएका छन् । सन् २०१५ मा नेपाल पन्छी संरक्षण सङ्घले निकालेको सूची अनुसार शिवपुरी क्षेत्रमा ३१८ प्रजातिका चरा थियो । बढेका चरा कसरी जोगाउने भन्ने चिन्ता संरक्षणकर्मीमा थपिएको छ ।
'बुद्धजन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔं'
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्त्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने स्पष्ट योजना ल्याइने बताउनुभएको छ।
इन्धनको मूल्य घट्यो
निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो।
‘हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सकिन्छ’
पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् ।
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत भेटिए
मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।शनिबार साँझ साडे ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत बालिका फेला पारेका हुन् ।
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने काँग्रेस पदाधिकारी बैठकमा सहमति
नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ।
विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु
शनिबार साँझ ५ बजेतिर विर्तामोड नगरपालिका–५ स्थित हिकोला अगाडिको राजमार्गमा विर्तामोड बसपार्कबाट विर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
पाँचजना हास्यव्यङ्ग्यकर्मीलाई पुरस्कार
नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कार २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीलाई समर्पण गर्ने निणर्य गरिएको छ।
बिबिसी तेह्रथुमलाई गोल्डकप उपाधि
तेह्रथुमको म्याङलुङमा आयोजित सहिद नेत्र गुराँगाई स्मृती गोल्डकपको उपाधि बिबिसी तेह्रथुमले हात पारेको छ ।
ट्याक्सी दुर्घटनामा एक घाइते
गोरखामा बलेरो जीप र ट्याक्सी जुधेर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । शनिबार गोरखा आँबुखैरनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका –८ स्थित खोलखोलेमा बेलुका ५ः३० बजे गोरखा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप र बिपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
कारागारलाई उद्योगका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताउनुभएको छ।
पलेशाले ६५ लाख रुपियाँ पुरस्कार पाउने
परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउनुहुनेछ ।
तिज प्रतियोगितामा मल बीउको माग
तानसेन नगरपालिका –११ मा महिलाले तिज गीत प्रतियोगिताबाट कृषकलाई मल बीउको माग गर्नुभएको छ । महिला कृषकलाई कृषिमा के कस्ता अवसर र चूनौती छन् भन्ने बारेमा गीतमार्फत माग गर्नुभएको हो ।
युक्रेनको खार्किभमा रुसी आक्रमण : ६ जनाको मृत्यु
युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य ५९ जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिनुभएको छ।
एन्फा महिला लिगमा १० टोली
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।
वर्तमान गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताउनुभएको छ।
तिज गीतले पाठ्यक्रम परिमार्जन गर भनेका छन् : शिक्षामन्त्री
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अहिलेका तिज गीतहरूमा वर्तमानका समस्या र जनजीवनको गहिरो चित्रण रहेको बताउनुभएको छ।एकाधबाहेक सबैजसो तिज गीतले महिलासहित समग्र नेपाली समाज र देशका समस्या उजागर गरेको उहाँको भनाइ छ ।
मुलुकमा विगतजस्तो हिंसा सम्भव छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुभएको छ ।
टी–२० विश्वकप टोलीलाई जनही तीन लाख
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै अमेरिका र वेस्टइन्डिजमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।