• १६ भदौ २०८१, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित हुने

blog

काठमाडौं, भदौ १६ गते । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो ।

मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”

यसैबिच बूढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा निरन्तर बस्दै आएको बैठकमा हिजो शनिबार पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरुबिच छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “सभापतिले दिनका दिन निरन्तर बैठक राख्नुभयो । हिजो पनि पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताहरुबिच बैठक थियो । सबै कुरा सहमति उन्मुख भएको छ । आज ड्राफ्ट गरेर महामन्त्रीद्वयले प्रतिवेदन ल्याउनुहुन्छ । सबै सहमति करिब–करिब भइसकेको छ । आज हन्ड्रेड पर्सेन्ट पारित हुन्छ ।”