शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल
शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ ९मूल्य अभिवृद्धिकरबाहेक०मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।
भट्टलाई हटाउने निर्णय अविलम्ब सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ ।
बुटवल उपमहानगरले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिह्न
बुटवल उपमहानगरपालिकाले पहिलोपटक नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो ।
इतिहासका महान् पात्र बिसे नगर्ची
बिसे नगर्ची नेपाली इतिहासका महान् संस्कृतिकर्मी, अर्थविद् तथा राष्ट्र एकीकरणकर्मी हुन् । उनी गोरखा दरबारमा विशिष्ट दर्जीका रूपमा राजपरिवारको कपडा, पोसक सिलाउने गर्दथे तर उनले नेपालको एकीकरणमा अर्थ सङ्कलन र
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ ।
आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी
एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
सेवानिवृत्त शिक्षकको शैक्षिक उन्नयनमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता
कैलालीका सेवानिवृत्त शिक्षकहरू आफूहरूसँग रहेको विज्ञतालाई स्थानीय पालिकाले प्रयोग गर्न नसकेको बताउँछन् । कैलालीको टीकापुरमा भएको सेवानिवृत्त शिक्षकको भेलाले शैक्षिक सुधारमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
करोडौँ खर्चमा निर्मित संरचनाको स्वामित्व समस्या
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले मेचीनगर नगरपालिकालाई जग्गा हस्तान्तरणको विषय वर्षौंदेखि अल्झेको जनाउँदै सो विषयमा सहरी विकासमन्त्री सीता गुरुङको ध्यानाकर्षण गराएको छ । मेचीनगर न
जब आकाशमै विमानको छत उड्यो
सन् १९८८ मा हवाईमाथिको आकाश उड्डयन इतिहासको एक अविश्वसनीय र विस्मयकारी घटनाको साक्षी बनेको थियो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ सँगको त्यो घटना चानचुने थिएन । उड्दाउड्दै त्यस विमानको संरचना नै ध्वस्त भएको थियो । चमत्कार नै मान्नु पर्छ विमानको छत नै उड्दा पनि चालकदलका सदस्यले विमानलाई सकुशल अवतरण गराए । मात्र एक जनाको त्यस घटनामा ज्यान गयो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ ले हवाई राज्यको एक टापु हाइलोबाट ओआहु टापुको होनोलुलु जान अन्तर्राष्ट्रिय उडानका लागि सन् १९८८ अप्रिल २८ अपराह्न प्रस्थान गरेको थियो । विमानमा चालकदलका पाँच जना र ९० यात्रु थिए ।
घाना भ्रमण गर्ने अफ्रिकीलाई भिसा आवश्यक नपर्ने
घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ ।
शक्ति राष्ट्रलाई थला पारेको आर्थिक महामन्दी
सन् १९३० को दशकमा विश्वले आधुनिक इतिहासकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेको थियो । ‘ग्रेट डिप्रेसन’ का नामले समेत चिनिने उक्त आर्थिक मन्दी सन् १९२९ देखि सन् १९३९ सम्म कायम रह्यो । महामन्दीले उपभोक्ताको मागमा कमी, ऋण वृद्धि, महँगीजस्ता समस्या सिर्जना गरेको थियो । औद्योगिक उत्पादनमा समेत कमी आयो ।
चार्ल्स मिशेलले इयु चुनावमा भाग नलिने
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ । नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउनुहुँदै उहाँले चुनावी दौडबाट बाहिरिनुभएको हो ।
एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी
सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण
भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो ।
कर्मचारीद्वारा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
घण्टाघर व्यवस्थित बनाइँदै
सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल घण्टाघरको पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौं पहिले निर्माण गरेको पर्खाल जीर्ण भएको र ठाउँ ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले ठेक्कामार्फत निर्माण थालेको हो । गत जेठबाट निर्माण थालिएको पर्खालको पहिलो चरणको काम सकिन लागेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
डुङ्गा चढ्ने मानिसको पर्खाइमा माझी
पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्कीबासबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित गजेन्द्र मोक्षधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न थालेको छ । त्रिवेणीमा डुङ्गा चलाउने माझीको पेसा भने सङ्कटग्रस्त बन्दै गएको छ । विकल्पमा अन्य पेसा खोज्न माझी लागिपरेका छन् । विगत दुई दशकअघिदेखि बिहान झिसमिसे नहुँदै त्रिवेणीधाममा पुग्ने र घाम डुबेपछि मात्रै फर्किने रामवृस सहनीको दिनचर्या बनेको छ । उमेर बुढो भए पनि शरीरमा जोस भने जवानसरह नै छ ।
दैनिक तीन घण्टा हिँडेर सेवा दिँदै वडाध्यक्ष
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले जनतालाई सेवा दिन दैनिक तीन घण्टा पैदल हिँड्ने गर्नुभएको छ । बिहानै उठ्यो गोठमा रहेका पशुको हेरचाह अनि बाख्रालाई घाँस काटेर ल्याएर थन्काएपछि भएका अरू काम गर्ने र खानापछि झन्डै डेढ घण्टा लगाएर वडा कार्यालय पुग्नुहुन्छ। अनि फर्कंदा पनि पैदलै डेढ घण्टाको यात्रा सकेर घरमा आइपुग्नुहुन्छ।
बसपार्क सञ्चालनमा ढिलाइ
बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालन गर्न समस्या भएको हो । नगर विकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।
चन्द्र नहर पुनर्निर्माण हुने
सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण छिटै सुरु हुने भएको छ । आवश्यक मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको नहर जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको हो । यसका लागि नेपाल सरकारलाई जापान सरकारले करिब दुई अर्ब रुपियाँ आर्थिक सहयोग गर्ने विषयमा सम्झौता भएको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवले जानकारी दिनुभयो । अध्यक्ष यादवका अनुसार जापान सहयोग नियोगबाट (जाइका) ले जापानकै हाज्मा कम्पनीलाई नहर निर्माणको ठेक्का दिएको छ ।
बास्केटबल कोर्टमा कराते !
सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।
बढ्दै छ सम्बन्धविच्छेद
रुकुमपूर्वमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । हरेक वर्ष अदालतको कुल मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेका छन् । चालु आर्थिक वर्षको छ महिनामा जिल्ला अदालतमा परेका १४४ मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका ६८ छन् । स्रेस्तेदार भूपाल भण्डारीले विभिन्न २४ प्रकारका मुद्दा अन्तर्गतका सम्बन्धविच्छेदको मुद्दा ६८ वटा रहेको बताउनुभयो । जसमध्ये ४० वटा मुद्दा फस्र्योट गरिएको छ भने २८ मुद्दा बाँकी रहेको स्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो । त्यसै गरी जबरजस्ती करणी मुद्दा दोस्रो स्थानमा रहेको अदालतले जनाएको छ । करणीका १४ वटा मुद्दामध्ये आठ वटा फस्र्याेट गरिएको छ वटा बाँकी रहेको भण्डारीले बताउनुभयो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले वैदेशिक रोजगार, गरिबी, अशिक्षा र कम उमेरमा विवाहले पछि दाम्पत्यबिच विवाद सिर्जना हुँदा सम्बन्धविच्छेद गर्ने बढेको बताउनुभयो ।
दुर्गम स्वराड सुगमतर्फ
भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य तल्लो स्वराड क्षेत्रमा राष्ट्रिय प्रसारणको बिजुली र सडक सुविधा एकैसाथ पुगेपछि अँध्यारो स्वराड उज्यालो बन्न थालेको छ । सर्वसाधारणले दुर्गम स्वराडलाई सुगम उन्मुख रूपमा लिन थालेका छन् । राष्ट्रिय प्रसारण लाइनसँगै सडक सञ्जाल पुगेपछि भारतसँगको परनिर्भरता हटेको छ । केही वर्षअघिसम्म नेपाली मुद्रासमेत नचल्ने तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहमा अहिले नेपालकै बिजुली बल्न थालेको छ ।
‘सोह्र वर्षपारि नागरिकता जारी अभियान’
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै पालिकामा १६ वर्षपारि नागरिकता जारी अभियान सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीलाई अपराध नियन्त्रणसम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा जानकारी दिन छलफल गर्ने उद्देश्यले जिल्ला प्रशासनले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।