संवृद्धिका लागि पर्यटक आकर्षित गर्नुपर्छ : गृहमन्त्री पाण्डे
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि तीनै तहका सरकारको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
भूमि उपयोग नीति कार्यान्वयनमा ल्याउनुपर्छ : मन्त्री चौधरी
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभएको छ ।
संशोधन गर्न बनेको विधेयक समितिमा
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
माल्टा पठाउने भनी छ लाखभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले माल्टा पठाउने भनी छ लाख १८ हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको छ ।
५१ बालिकाको सामूहिक विवाह
केशचन्द्र पारावत् महाविहारको मिसा पुच:ले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि)को आयोजना गरेको छ ।
आहा रारा गोल्ड कप : जावलाखेललाई हराउँदै थ्री स्टार फाइनलमा
जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
कोहलपुरमा औद्योगिक लघु तथा प्रविधि व्यापार महोत्सव
अर्थतन्त्रलाई आर्थिक मन्दीबाट बाहिर ल्याउने उद्देश्यका साथ बाँकेको कोहलपुरमा माघ २५ देखि फागुन ५ गतेसम्म पाँचौँ औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि व्यापार महोत्सव–२०८० हुने भएको छ ।
बुहारीको हत्या, श्रीमान् र ससुरा फरार, सासू पक्राउ
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।
सल्लाको खोटोबाट राम्रो आम्दानी
दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो ।