• १३ असोज २०८१, आइतबार

बस्नेतको कृति लोकार्पण

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, माघ १५ गते । पत्रकार एवं लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकको एक समारोहबिच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने र वाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभएको हो । 

पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्राडा लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताउनुभयो । माक्र्सवाद विश्वको उत्कृष्ट विचारधारा भएको भन्दै प्राडा लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै वाम विश्लेषक जनकपुरीले मार्क्सवाद र उत्तरआधुनिकतावाद विपरीत ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रम चिर्नेमा विश्वास गर्नुभयो । उत्तरआधुनिकतावादी र उत्तरमाक्र्सवादीले मार्क्सवादलाई कमजोर बनाउने अभिव्यक्ति दिने गरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसका विरुद्धमा मार्क्सवादीहरू एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो । उक्त अवसरमा दर्शन अध्येता प्रमोद धितालले दर्शन र माक्र्सवाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति माक्र्सवाद र उत्तरआधुनिकतावाद भएको बताउनुभयो ।