मौलिक घर
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बनेका काठ, माटो र ढुङ्गाले बनेका मौलिक घर । पछिल्लो समय ढोरपाटन उपत्यका क्षेत्रमा मौलिक घर मासिन थालेका छन् ।
गोरखापत्रकर्मी रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार
राष्ट्रिय ‘खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ गोरखापत्रकर्मी गोविन्द रेग्मीलाई प्रदान गरिएको छ ।
अस्थायी आवास पीडितलाई हस्तान्तरण
गएको कात्तिक १७ गते गएको भूकम्पमा परेका प्रभावित नागरिकका लागि निर्माण गरिएका दुईसय अस्थायी आवास पालिकामार्फत नागरिकलाई हस्तान्तरण गरिएको छ ।
जौबारीमा मेसीनबाट रोपिदै आलु
इलामको जौबारीमा पहिलो पटक मेसीनबाट आलु रोपाइ सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुईवटा मेसिन खरिद गरी आलु रोप्न थालेको हो ।
संवृद्धिका लागि पर्यटक आकर्षित गर्नुपर्छ : गृहमन्त्री पाण्डे
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि तीनै तहका सरकारको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
भूमि उपयोग नीति कार्यान्वयनमा ल्याउनुपर्छ : मन्त्री चौधरी
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभएको छ ।
संशोधन गर्न बनेको विधेयक समितिमा
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
माल्टा पठाउने भनी छ लाखभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले माल्टा पठाउने भनी छ लाख १८ हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको छ ।
५१ बालिकाको सामूहिक विवाह
केशचन्द्र पारावत् महाविहारको मिसा पुच:ले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि)को आयोजना गरेको छ ।