प्रणय दिवसका दिन सम्बन्धविच्छेद
पछिल्लो समयमा नेपालमा प्रणय दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलनसँगै विभिन्न विकृति पनि भित्रिएका देखिन्छन् । यही प्रणय दिवसमा नवलपुर गैँडाकोट–१२ का एक दम्पती भने सम्बन्धविच्छेद गर्न भन्दै न्यायालयको ढोका ढकढक्याउन जिल्ला अदालत नवलपुरमा पुग्यो । सहज र सुखी जीवनको खोजीमा धेरै महिला तथा पुरुषले सम्बन्धविच्छेदको बाटो रोजे जस्तै आफूहरूले पनि सम्बन्धविच्छेद गरेको रेनु दमाईं र सन्तलाल परियारको भनाइ छ । जीवनभर सँगै रहने वाचासहित विवाहको पवित्र बन्धनमा बाँधिएको र सँगै बाँच्ने कसम खाएर जोडिएको सम्बन्ध प्रणय दिवसका दिन तोडिएको सन्तलाल बताउनुहुन्छ ।
चितुवाको आक्रमणबाट ढकाल दम्पत्ति घाइते
चितुवाको आक्रमणबाट गएराति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उहाँकी श्रीमती ६० वर्षीया साबित्री ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालमा मानवीय सहयोग जारी रहन्छ , विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी
बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो ।
एमाले धादिङको नेतृत्वका लागि आज मतदान
गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन सुरु भएको छ ।
सम्पदाको संवेदनशीलता
कुनै पनि मुलुकको समृद्धिको मापन त्यस मुलुकले गरेको भौतिक विकास मात्र होइन । त्यस मुलुकको भाषा, साहित्य, कला र संस्कृतिको महत्व भौतिक विकासभन्दा पनि अमूल्य मानिँदै आएको छ । मुलुकको विशिष्ट पहिचानको रूपमा रहने यस्ता कुरालाई विश्वको साझा निधिको रूपमा हेरिन्छ । मुलुकका यस किसिमका ऐतिहासिक सम्पदा पर्यटकीय दृष्टिले झनै बढी महìवपूर्ण हुने हुँदा पर्यटन उद्योगबाटै समृद्धि हासिल गरेका मुलुक धेरै छन् । नेपालमा विद्यमान सम्पदा पनि विश्वका सम्पदाहरूको तुलनामा कम महत्वका छैनन् । केवल प्रचारप्रसार र संरक्षणको कमीका कारण पर्यटकीय प्रवर्धन हुन सकिरहेको छैन ।
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक : स्तरोन्नति गरिँदै
बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ ।
वैदेशिक लगानीका सम्भावना
वैदेशिक लगानी एक देश वा संस्थाले अर्को देशमा गरिने लगानी हो । विशेष गरी विकासोन्मुख देशका लागि यसको उपादेयता अत्यन्त ज्यादा रहन्छ । लगानी आएको देशका लागि त्यहाँको स्रोतसाधनको परिचालनमा यसले थप सहयोग प्रदान गर्छ । यसबाट नयाँ व्यवस्थापकीय तौरतरिकाको प्रयोग हुन्छ । वित्तीय स्रोतसाधन भित्रिन्छ र बजारमा पहुँच प्राप्त हुन्छ । नयाँ नयाँ प्रविधिमार्फत सम्बन्धित देशको विकासको गतिमा तीव्रता आउँछ । यसबाट वस्तु र सेवाको उत्पादनमा सुधार हुन्छ । आवश्यकता अनुसार राष्ट्रको हितमा प्रयोग गर्ने वातावरण बन्छ । विकासको संवाहकका रूपमा विदेशी लगानीलाई स्वीकार गर्नु पर्छ । यसका लागि खुला र एकीकृत बजार व्यवस्थाको आवश्यकता पर्छ । आधुनिकीकरण, आर्थिक विकास र औद्योगिक विकासका लागि वैदेशिक लगानी अपरिहार्य प्रमाणित भ
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।