• २७ पुस २०८१, शनिबार

कांग्रेस निकट आदिवासी जनजाति महासङ्घका चार सदस्य मनोनीत

blog

काठमाडौं, माघ १६ गते । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा चार जना सदस्य मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित नेपाल नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज मनोनयन गर्नुभएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मनोनीत हुनेहरूमा अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ) हुनुहुन्छ ।