• २७ पुस २०८१, शनिबार

कर्णाली र लुम्बिनी प्रदेशका सञ्चारकर्मीलाई रक्षा सम्बन्धी अभिमुखीकरण

blog

रक्षा सम्बन्धी तालिमको सहजिकरण गरिँदै ।

राजन रावत

हुम्ला, माघ १६ गते । नेपाली सेनाले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरूलाई संयुक्त रूपमा रक्षा संवाददाता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्न सुरु गरिएको छ । सञ्चारकर्मीहरूले रक्षा सम्बन्धी विषयवस्तु स्पष्ट रूपमा बुझ्न र त्यसलाई लेखन तथा वाचन कार्यमा उतार्नका लागि तीन दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वय र उत्तरपश्चिम पृतना मातहतका जिल्लामा कार्यरत सञ्चारकर्मीहरूलाई रक्षा सम्वाददाता सम्बन्धी अभिमुखीकरण तालिम बाँकेको राझा एयरपोर्टको श्री नम्बर चार बाहिनी अड्डामा आयोजना गरिएको छ । 

निर्देशनालयका प्रमुख सेनानी सागर कार्कीले सञ्चारकर्मीहरूलाई रक्षा सम्बन्धी गतिविधि जानकारी गराउनु अति आवश्यक रहेको कारण यो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले कतिपय कुरामा सेना सम्बन्धी गतिविधिहरू स्पष्ट रूपमा नआउने भएको कारण सञ्चारकर्मीहरूलाई पहिले स्पष्ट गर्न आवश्यक देखिएको कारण तालिम सञ्चालन गरिएको बताउनुभयो । 

तालिमको पहिलो दिन नेपाली सेनाको परिचय, नेपाली सेना सम्बन्धी कानुन कार्यान्वयन प्राड विवाकको भूमिका, नेपाली सेनाको तैनाथी सम्बन्धी जानकारी, नेपाली सेनाको संरचना, रक्षा संवाददाताहरूलाई संवाददाता अभिमुखीकरण तालिमको महत्त्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका सम्बन्धी जानकारी गरिएको थियो । तालिममा पृतना अन्तर्गत पर्ने कर्णाली प्रदेशका आठ वटा जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, हुम्ला, मुगु, कालिकोट, डोल्पा र लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका १९ जना सञ्चारकर्मीहरूको सहभागिता छ । जसमा गोरखापत्र दैनिकका छ जना जिल्ला संवाददाताहरूको सहभागिता छ । 

तालिम माघ १८ गतेसम्म सञ्चालन हुनेछ । यसअघि मङ्गलबार बिहान उत्तरश्चिम पृतनाका उपरथि कृष्णदेव भट्टले तालिमको उद्घाटन गर्नुभएको हो ।