काठमाडौं, माघ १६ गते । हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
बिहान ८ः३० बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङ्कीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार न्यायाधीश मरासेनीकी छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । रासस