फिस्लिङ–आग्रीडाँडा हुँदै भैरबी जोड्ने सडक शनिबारदेखि बन्द हुने
गोरखाको गण्डकी गाउँपालिका–६ अन्र्तगत पर्ने फिस्लिङ – आग्रीडाँडा हुँदै भैरबी जाने सडक खण्ड शनिबारदेखि बन्द हुने भएको छ ।
मकवानपुर-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द
मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ ।
सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ ।
सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी
दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने तयारी गरिएको छ । उहाँलाई पक्राउ गर्न बिहीबार राति २ हजारभन्दा बढी प्रहरी उहाँको निवासमा तैनाथ गरिएको थियो ।
मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार यो स्थानीय मापन (ML) गरिएको भूकम्प हो।
सिक्टा सिँचाइ आयोजना: सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो, भौतिक प्रगति उन्नाइस वर्षमा ४१ प्रतिशत
आर्थिक वर्ष २०६१(६२ मा स्थापना भई काम सुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति १९ वर्ष पुग्दा समेत ४१ प्रतिशत मात्र भएको छ । यी आयोजनाको प्रगतिबारे सरकारले सोच्नै पर्ने समय भएको स्थानीयहरूको माग छ । बाँके, पुस १९ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१-६२ मा स्थापना भई आव २०६२-६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१-८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९-९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उहाँले भन्नुभयो, “आव २०६१-६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गर्नुभएको छ ।
कर्णाली विकास बैंकद्वारा निक्षेप फिर्ता गर्न सुरु
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ।
परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
नसर्ने रोग पहिचान गर्ने निर्देशिका तयार
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्ने निर्देशिका तयार भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग जस्तै मधुमेह, रक्तचाप, मिर्गौलासम्बन्धी रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१ सार्वजनिक गरेको हो ।
कांग्रेस सभापति कप फुटबल विजेतालाई २६ लाख
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई २६ लाख र उपविजेता टोलीलाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
सुशासनको सुनिश्चिता सरकारको प्राथमिकताः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताउनुभएको छ।
जय ट्रफीमा बागमतीका कप्तान सन्दीप
पुस २१ देखि २९ गतेसम्म वीरगञ्ज र जनकपुरमा हुने ‘जय ट्रफी मेन्स एलाइट कप’ मा बागमती प्रदेशको कप्तानी सन्दीप लामिछानेले गर्नुहुने भएको छ ।
अध्यागमनमा कर्मचारी कम हुँदा पर्यटकलाई सास्ती
नेपाल भ्रमणमा आउने पर्यटकका निम्ति भिसा लगाउन र नेपालबाट बाहिरिने पर्यटकलाई डिपार्चलको प्रमाणीकरण गरिदिन अध्यागमन कार्यालय बेलहियामा कर्मचारीको अभावले केही महिना यता अत्यधिक ढिलाइ हुँदै आएको छ ।
सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति बनाउँदै कोशी सरकार
सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।
सन् २०२४ मा एक सयभन्दा बढी देशमा चुनाव
जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ । प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिएका जनप्रतिनिधिबाट शासित हुने अपेक्षा हरेक नागरिकले राखेका हुन्छन् ।
शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गर्छौं : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबिचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो ।
नर्भिक अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु
नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो ।
श्रम सम्मानबाटै समृद्धि
उत्पादनका साधनमध्ये श्रमको स्थान अग्रस्थानमा आउँछ । उत्पादनका निम्ति श्रमसँगै भूमि, पुँजी र उद्यमको पनि आआफ्नै महत्व छ ।
सबल अर्थतन्त्र निर्माणका सूत्र
आफ्नो घरको अवस्था होस् वा देशको अर्थतन्त्र बलियो, सुदृढ, दिगो र दरिलो होस् भन्ने चाहना सबैको हुन्छ ।