चरम दोहनले मासिँदै सिमसार
सिमसार क्षेत्रका रूपमा परिचित कैलालीमा सिमसारको स्वरूप दिनप्रतिदिन बिग्रिँदै गएको छ । पालिकाहरू ठेक्का लगाएर आयआर्जन गर्नेतिर लागेपछि ती सिमसारको स्वरूप बिग्रिँदै गएको हो ।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले कार र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
हिउँदे अधिवेशनबाट अपेक्षा
कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनी सांसदहरूको आलोचना भइरहेको सन्दर्भमा सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ ।
मौसम मुख्यतया सफा रहने
हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा सोमबार जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
सरस्वतीको मूर्तिबाट करोडको कारोबार
सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ ।
निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यमलाई काउन्सिलले गर्यो कारबाही
प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। काउन्सिलले आइतबार विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको र तीन वटालाई सूचीकरणबाट हटाएको जनाएको छ।
गोरखापत्रका पत्रकार सुवेदीलाई पितृशोक
गोरखापत्र दैनिकमा कार्यरत पत्रकार गोपालचन्द्र सुवेदीलाई पितृशोक परेको छ । उहाँका ७५ वर्षीय बुवा रमेशचन्द्र सुवेदीको आइतबार बिहान ११ः२० बजे काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।
नेपालको लगातार तेस्रो हार
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल शनिबार थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो ।
'सिमेन्टको मूल्य तत्काल घटाउनुपर्छ'
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ ।
खोला र पुरिएका कित्ताको जग्गा छुट्याइँदै
असोज दोस्रो साता आएको बाढीपहिरोबाट विनाश भएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा पर्ने रोसी खोला क्षेत्रमा खोला र पुरिएका जग्गा छुट्याउने कामलाई तीव्रता दिइएको छ ।
बन्दका कारण पूर्वको जनजीवन प्रभावित
ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
जुनीचाँदेमा युवाको रहस्यमय मृत्यु, सात जना प्रहरीको नियन्त्रणमा
जाजरकोटको जुनीचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु भएकोे छ । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय रामबहादुर शाही हराएको दुई दिनपछि शव फेला परेको हो ।
आज विश्व सिमसार दिवस
‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।
आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
कावासोती १ का वडाध्यक्षको हृदयाघातबाट निधन
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तावाराक अहमद मिँयाको निधन भएको छ। उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो।
बस र माइक्रो ठोक्किँदा एकको मृत्यु, ९ घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ डिभिजन वन कार्यालय नजिकै बस र इभि हाइस एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १ जनाको मृत्यु भएको छ ।
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार
काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य हुनुहुन्छ ।
वडामै योजना सम्झौता : समय र खर्चको बचत
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।
इजरायलमा कामदार पठाउन सम्झौता
इजरायलमा युुद्धको त्रास कम भएसँगै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा जान छनोट भएका २६ जनाको करार सम्झौता आएको छ । इजरायलमा युुद्धको त्रास
महिनौँसम्म बनेन सिसी क्यामरा
वराहक्षेत्र नगर क्षेत्रको बजारका मुख्य चोकमा निगरानी गर्नका लागि जडान गरिएका सिसी क्यामरा बिग्रिएको महिनौँसम्म पनि मर्मत नहुँदा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ ।
पोखरामा भूमिगत विद्युत् आपूर्ति
नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणा
उर्मा–भादा–रामपुर सडक निर्माण सुस्त
कैलालीको धनगढी उपमहानगरपालिका–१५ र १६ जोड्ने उर्मा–भादा–रामपुर सडक निर्माण सन्तोषजनक नदेखिएको गुनासो भइरहेका छन् । निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेपछि