बिसुपर्व एकताको पर्व हो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो पर्वलाई निकै महìवसाथ मनाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेको दिनलाई बिसुपर्व भनिन्छ । पहाडीमूलका सबै समुदायले सामूहिक रूपमा खुसियालीसाथ यो पर्व मनाउने गर्छन् । वर्षभरि शरीरमा रोग नलागोस् भनेर सार्वजनिक स्थलमा साना वर्गले आफूभन्दा ठुला व्यक्तिलाई सिस्नु लगाउने चलन छ । अझ पानीमा सिस्नु चोपल्दै मान्यजनलाई शरीरका विभिन्न भागमा बेस्सरी पोल्ने गरी लगाइन्छ । ऐøया र आत्था गर्छन् अभिभावकहरू । जति सिस्नुले पोल्यो त्यति नै शरीरमा भएको रोग हराउने र वर्षभरि कुनै पनि रोग न लाग्ने भन्ने जनविश्वास रहेको छ । आयुर्वेदिक हिसाबले सिस्नु गुणग्राही वनस्पति पनि मानिन्छ । पुरानो वर्षलाई बिदाइ नयाँ वर्षलाई स्वागत गर्ने सन्दर्भ पर्ने भएकाले पनि वैशाख १ लाई बिसुपर्व भनिएको हो । जिल्लापिच्छे यो पर्व मनाउने विधि केही फरक रहेको देखिन्छ । खानपिन, रामरमिता, चालचलनका विधिमा केही जातजातिमा फरक देखिए पनि सामाजिक मर्यादा कायम राख्न गाउँवासीले बिसुपर्वलाई पितापुर्खाले मनाउँदै आएको साझा पर्वका रूपमा लिने गर्छन् ।
यो पर्व स्वागतका लागि नरनारीले आ–आफ्नो घर रातो र कमेरो माटोले लिपपोत गर्छन् । जसलाई घर छिप्नु भनिन्छ । न छिपेको घरमा देवकार्य र पितृकार्य गर्न वर्जित मानिन्छ । यो पर्व आगमनको पूर्वसन्ध्यामा महिलावर्गले कपडाको पुतली बनाउँछन् । जसलाई पार्वतीका रूपमा बिसुपर्वमा फूल अछेताले पूजा गरी दही, चामल खुवाएर पवित्र ठाउँमा सेलाउँछन् । यता पुरुषवर्गले आफ्नो घरको सङ्ख्या हेरी बिसु चौरमा लौराको फूल अछेताले पूजा गर्ने गर्छन् । जसलाई लौरापूजा भनिन्छ । शिवजीको रूप मानिएका ती लौरा लिएर कुनै बेला पुरुषवर्ग पुरास (भोट) जाने गर्थे । भोटबाट नुन र ऊन ल्याइन्थ्यो । अहिले पुरास जाने चलन हराएको छ । बेल्जियमलगायतका मुलुकबाट ल्याइएका गलैँचाले गाउँघरमा राडीपाखीलाई विस्थापित जस्तै गरेको छ । बिसुमा पूजा गरेको लौरो टेकेर जाँदा भोटको ‘लाँगो’ देवता खुसी हुने र उरई भञ्ज्याङ सहजै चढ्न सकिने जनविश्वास रहेको छ, बझाङतिर । लाँगो देवता खुसी भएनन् भने उरईमा लेक लाग्छ भोटमा पुग्न सक्दैनन् रे, पुराना मानिसको अर्ती हो यो । लौराको पूजा गर्दा स–साना बालबालिका गुना (लङ्गुर) र बाँदर बनेर दही, चामल खाइदिन्छन् । उपद्रव गर्दै समाजका प्रतिष्ठित व्यक्तिलाई अपरझट बोकेर फोहोर ठाउँमा पु¥याउँछन् । सायद मानवको विकासव्रmमसँगै यो विषय जोडिएको हुन सक्छ ।
परिवारका मानिस मिलेर मीठा परिकार खानु, खुवाउनु यो पर्वको मुख्य विशेषता रहेको छ । चुकानी बटुक (चुकमा मासको बारा) मिसाएर दहीमा बटुक मिसाएर, गतानी डुबका (गहतलाई विशेष परिकार बनाएर) र दही, चामल मिसाएर राख्ने गरिन्छ । लाउन (पुरी), अनर्सा, बाबर (सेलरोटी) खाने त भइहाल्यो । यस दिन गाउँका नायक देवताका पुजारी बुढ्यौली (सबैभन्दा जेठो मानिस) लाई दहीमा मुछिएको सेतो अछेता निधारभरि लगाउने चलन छ । हिउँदे बाली गहुँ, जौ भिœयाउने समय भएकाले यस दिनमा ‘देलावालो’ लगाइन्छ । आफ्नो घरको मूलढोका, देवीदेवताको मन्दिर पानीको धारामा गाईको गोबर टाँसी जौका बाला लगाउनुलाई देलावालो लगाएको भनिन्छ । यसो गर्दा देवता पितृहरू खुसी हुन्छन्, खाद्यान्न अभाव हुँदैन भन्ने गरिन्छ । तर युवा परदेश गएका र सहरवासी भएकाले जमिन प्रायः खाली देखिन्छन् ।
यस दिन बिसुचौर, गाउँघर निकै रमाइलो हुन्छ । छालाले मोरेको फुटबल खेलिन्छ । महिलाले झिमकेउणा गीत गाउँछन् । पुरुष देउडामा रमाउँछन् । झिमकेउणामा प्रकृतिको वर्णन हुन्छ । शक्तिपीठ र देवताको चर्चा, न्याउली र कोइलीका मिलनका गीत मिलाएर महिलावर्गले गाएको सुन्दा संस्कृति गाउँमै रहेको अनुभूति हुन्छ । देउडा गीत गाउँदाको आनन्द त अरू कुन गीतमा पाइएला र ? नयाँ लुगा लगाउनु, मीठो परिकार खानु, देउडा गाउनु, झिम्केउडामा रमाउनु, परदेशबाट आएका आफन्तसँग मिलन हुनु बिसुपर्वका विशेषता मानिन्छ । यस्ता अलौकिक संस्कृति अझै पनि जनसमक्ष आउन सकेका छैनन् । अत्यधिक गर्मीको बेला तन्त्रशास्त्रबाट पानी पार्ने मन्दिरका धामी अझै पनि गाउँमा जीवित छन् । तर गाउँका मानिसबाहेक बाहिरका संस्कृतिकर्मीलाई यसबारे थाहा छैन ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका महìवपूर्ण पर्व हुन्– बिसु र गौरा । बिसु गर्मी महिनामा नयाँ वर्षका दिन मनाइन्छ । गौरा भदौ महिनामा मनाइन्छ । बिसुपर्व विधिवत् रूपमा राजधानीमा मनाउन सुरु गरिएको विसं २०५६ सालबाट हो । देउडा समाज स्थापना गरी मनाउन सुरु गर्दा त्यसबखत कार्यव्रmमका प्रमुख अतिथि बन्नुभएको थियो– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । देशको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, दार्शनिक चिन्तक डिपी भण्डारी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेत्ररोग विशेषज्ञ डा. चेतराज पन्तलाई देउडा समाजले अभिनन्दन गरेको थियो ।
त्यसव्रmममा चन्द, देउवा र भण्डारीसँगै देउडा खेल्नुभएको थियो । द्वारिकादेवी ठकुरानीले ‘वाचिरया वा संस्कृति न मा¥या अरूको गट्टो न अ¥या बुदी’ (बाँचिरहनू संस्कृतिको सेवा गर्नू, कुभलो नगर्नू छोरा) भनेर आशिर्वाद दिएको हिजोजस्तै लाग्छ । सङ्घीय राजधानी काठमाडौँमा बिसुपर्व मनाउन लागेको २५ वर्ष बितिसकेछ । यसै गरी राजधानीमा गौरा पर्व संस्कृतिको सुरुवात गरेको डोटीका प्राडा स्व. त्रैलोक्यनाथ उप्रेती परिवारले हो । कालिकास्थान डिल्लीबजारबाट सुरु भएको गौरा पर्व औपचारिक कार्यव्रmम गर्ने श्रेय बैतडीका संस्कृतिकर्मी अम्बादत्त भट्ट र हरिमोहन भण्डारीलाई जान्छ । जसका कारण अहिले संस्कृति जीवन्त रूपमा अगाडि बढिरहेछ ।