उपचार गराउन आएका चिनियाँ नागरिक होटलमा मृत भेटिए
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन्।
धान दिवसको सार्थकता
मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन वृद्धिमा जोड दिँदै असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’ मनाउन थालिएको छ । कृषि कर्ममा लागेकाहरूलाई असार ज्यादै बेफुर्सदिलो महिना हो । प्रचलित मान्यता अनुसार, पकाएर खानसमेत फुर्सद नमिल्ने भएकाले ‘दही–चिउरा’ खाएर रोपाइँ कर्मलाई प्राथमिकतामा राखिने परम्पराले केही समययता उत्सवको रूप लिएको विदित हुन्छ । मानो रोपेर मुरी उब्जाउने कर्म फुर्सदमा गरौँला भनेर हुने होइन । मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्न हतारो ग
कार्यविधिमाथि उब्जिएका प्रश्न
नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष र सदस्यको पद रिक्त भएपछि सोका लागि नाम सिफारिस गर्न विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सिफारिस समिति गठन भइसकेको छ । केही समयअघि स्थापित गरिएको नयाँ पद्धति अनुसार नै यो समितिले पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी सिफारिस गर्ने प्रयोजनका लागि सिफारिस समितिले आफूले अपनाउने कार्यविधि तयार गरेको पाइएको छ ।
पर्यटक भित्र्याउने रणनीति
मान्छे स्वभावैले जिज्ञासु प्राणी हुन्छ । उसलाई नयाँ भूगोल घुम्ने, नयाँ मान्छेसँग भेट्ने, नयाँ सामाजिक रहनसहनमा घुलमिल हुने रहर हुन्छ । यी सबै रहर एक ठाउँमा बसेर पूरा हुँदैनन्, त्यसका लागि फरक फरक ठाउँमा जानुपर्ने हुन्छ । यसरी केही दिनका लागि कामले भन्दा पनि यत्तिकै रहरले आउने जाने पर्यटक हुन् । नेपाल पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ हो किनभने यहाँ केही घण्टाको यात्रामा गर्मी र समथर भूगोलबाट चिसो र अग्लो पहाडमा जान सकिन्छ । नेपालको भूगोलले मात्र पर्यटनको सम्भावना बोक्दैन, यहाँको बहुआयामिक धर्म, संस्कृति, वेशभूषा र रहनसहनले पनि उत्तिकै सम्भावना बोक्छ ।
आलोचनात्मक विमर्श
सम्भवतः आलोचना कसैलाई मन पर्दैन । व्यङ्ग्य सबैलाई बिझाउँछ । प्रायः मान्छे आलोचनासँग तर्कने र भाग्ने गर्छन् । व्यङ्ग्यलाई व्यङ्ग्य गरिएकाले निको ठान्दैनन् ठान्छन् । आलोचना र व्यङ्ग्य प्रक्षेपित मान्छेहरूको अरुचिकर विषय हो । तथापि समाजमा क्रियापछि प्रतिक्रिया विभिन्न रूप र सन्दर्भमा प्रकट हुन्छन् । व्यङ्ग्यलाई स्वाद मानेर सुन्ने लेख्ने पढ्नेहरू पनि हुन्छन् । कसैले प्रतिक्रियालाई समर्थन गरेर सघाउँछन् भने कसैले आलोचना र व्यङ्ग्यमार्फत विरोध र असन्तोषमा प्रतिक्रिया गर्छन् । मूलतः व्यङ्ग्य र आलोचना जे भने पनि त्यसको अपेक्षा सुधारका लागि र कमजोरी औँल्याउन गरिन्छ ।
एसइईपछिको यात्रा आफैँ रोजौँ
एसइईको नतिजा सार्वजनिक भएको छ । औसत रूपमा विगतका नतिजाको समवर्ती भएर यो नतिजा आएको छ । शिक्षाको क्षेत्रमा सबैभन्दा व्यग्र प्रतीक्षा हुने, सर्वाधिक विद्यार्थी सहभागी हुने, गहिरो ढङ्गले विश्लेषण अनि चर्चा हुने भनेको एसइईको नतिजा नै हो । कतिपय विश्लेषक एसइईको नतिजालाई सिँगो देशको शैक्षिक अवस्था चित्रण गर्ने मानकका रूपमा लिन्छन् । जे होस् शिक्षा क्षेत्रमा एसइई उत्सव मात्रै नभएर महोत्सव नै हो । एसइईले सारा देशको ध्यान एकत्रित गरिरहेको हुन्छ ।
भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्व प्रधानमन्त्री भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ।
पहिरोमा पुरिएर सत्तरी बाख्रा मरे
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।
बागलुङमा पहिरोले दुई जनाको मृत्यु
शनिबार भएको वर्षाका कारण बागलुङमा आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ बिसौना बस्ने ५५ वर्षीय प्रेम विक र ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । उहाँहरू श्रीमान् श्रीमती हुनुहुन्छ ।
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो ।
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिस्ट एवम् वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
रुपन्देहीमा २५ प्रतिशत रोपाइँ सम्पन्न
रुपन्देहीमा असार १५ गतेसम्म २५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । केही दिन अघि वर्षा भएपछि रुपन्देहीका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ ।
क्रान्तिकारी माओवादी कम्युनिस्ट एकताको पक्षमा छ : नेता गजुरेल
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिच एकताको पक्षमा रहेको बताउनुभएको छ ।
पानी नपर्दा किसानका खेत बाँझै
आज धान रोपाइँ दिवस भए पनि समयमा पानी नपर्दा यहाँका किसानको खेत बाँझै छन् । कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गर्न बाध्य भएका छन् ।
खेतीयोग्य जमिन नासिँदै
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
स्वास्थ्यका लागि लाभदायी दही-चिउरा
सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ।
रौतहटमा बस पल्टिँदा एकको मृत्यु, दश घाइते
रौतहटमा शनिबार बिहान यात्रुवाहक बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना. ७ ख . ८४१४ नम्बरको यात्रुवाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिँदा दश जना घाइते भएका हुन् ।
राष्ट्रिय धान दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको छ ।
दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।
प्रेमविवाहको कथा ‘घरज्वाइँ’
चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक युवाले बिहेका लागि गर्ने सङ्घर्षवरिपरिको कथालाई ट्रेलरमा समावेश गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेम, विवाहका लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको खटपटले पतिपत्नीमा आएको समस्या नै चलचित्रको कथा रहेको निर्देशक अनिल बुढामगरले बताउनुभयो । जनक घर्तीमगर निर्माता रहनुभएको चलचित्र अनिल बुढामगरले निर्देशन गर्नुभएको छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनील मगरलगायतको अभिनय छ ।
बाढीले जलमग्न मलङ्गवा क्षेत्र
सर्लाहीको चुरेभेग पत्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र ।
समाजवादको आधार तयार पार्न सरकार लागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।
प्रदेश सरकारले गोरखापत्रसँग सहकार्य गर्ने : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी दिनमा गोरखापत्र संस्थानसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।