• १६ भदौ २०८१, आइतबार

पहिरोले घर पुरिँदा एकजना घाइते

blog

पहिरोले पुरिएको घर । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, भदौ ४ गते ।
 अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बलेफी गाउँपालिका–४ कोलेमा एक घर पुरिएर पूर्णरुपमा क्षति भएको छ । साथै एक जना घाइते भएका छन् ।

घरसँगै पहिरोले पुरिएर ४६ वर्षीय पिङगे तामाङ (आकाश) घाइते हुनुभएको हो । घाइते तामाङको खाडीचौरस्थित सिन्धु सञ्जीवनी पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

उहाँको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ ।

पहिरोले पुरेको घर पूर्णरुपमा ध्वस्त भएको छ । पहिरोले चौपाया पुरेको छ भने अन्य दर्जन घर विस्थापित भएको छ । पहिरोस्थलमा सुरक्षाकर्मी पुग्दै छन् । थप विवरण आउन बाँकी छ ।