• १६ भदौ २०८१, आइतबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले माग्नुभयो विश्वासको मत

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य

दिवाकर पोख्रेल
देउखुरी, भदौ ४ गते ।
 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको छ । चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्नुभएको हो ।

साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरू सँग पनि विश्वासको मत माग्नुभएको हो ।

प्रदेशको समृद्धिको आकाङ्क्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउनुहुँदै उहाँले सबैले विश्वास मत दिनुपर्ने धारणा राख्नुभयो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको बताउनुभयो ।