• १६ भदौ २०८१, आइतबार

इन्टर कलेज इन्डोर क्रिकेटमा ३२ टोली

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, भदौ ३ गते । प्रथम उपत्यका व्यापी इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको चुनिखेलमा हुने भएको छ । 

हाइपिटि इभेन्टले पहिलो पटक आयोजना तीन दिने प्रतियोगितामा ३२ वटा कलेजको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

बुधबार हुने उद्घाटन खेलमा लुम्बिनी र एभिएसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार पाउनेछ ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरले पनि जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनेछ ।