• १६ भदौ २०८१, आइतबार

यात्रुवाहक बसमाथि पहिरोसहितको ढुङ्गा खस्दा दुई जना घाइते

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ ४ गते ।
 पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा सडकमाथिबाट एक्कासि पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४ की २१ वर्षीया पूजा खड्का र इस्मा गाउँपालिका गुल्मीकी ३१ वर्षीया मिना नेपाली घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्स्पेक्टर) राजन रायमाझीले जानकारी दिनुभयो ।

पहिरोसहित खसेको ढुङ्गा लागेर बसमा क्षति भएको र दुई जना घाइते भएको जानकारी आए पनि थप विवरण आउन बाँकी रहेको सूचना अधिकारी समेत रहनुभएका रायमाझीले जानकारी दिनुभयो ।