चुरे क्षेत्रको संरक्षण
जैविक विविधताको संरक्षण र पारिस्थितिकीय सेवाको उपलब्धता, आर्थिक तथा सामाजिक उन्नतिको आधार, जलवायु परिवर्तनले निम्त्याउने जोखिम न्यूनीकरण, स्थानीय समुदाय तथा इकोसिस्टमको जलवायु उत्थानशीलता, तराई क्षेत्रको आर्थिक, सामाजिक तथा वातावरणीय उन्नयन जस्ता पक्षबाट केलाउँदा चुरे क्षेत्र संवेदनशील भूमि हो । चुरेको विषयमा लामो समयदेखि बहस र छलफल भएको छ । विसं २०२७ मा ल्याइएको चौथो आवधिक योजनादेखि चुरेको विषयमा केही न केही भनिएको र गरिएको
आर्थिक समृद्धिको ‘बेन्चमार्क’
आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । आर्थिक स्तरोन्नतिका निश्चित अन्तर्वस्तु हुन्छन् । अथवा धेरै चिजको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुकको भौगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, शान्ति सुरक्षाको स्थिति, ऐन, नियमको परिपालना अवस्था आदि तìवले आर्थिक स्तरोन्नतिको स्तर निर्धारण गर्छ । आर्थिक स्तरोन्नतिको गति तीव्र पार्न तपसिलका अन्तर्वस्तु सबल हुनु वाञ्छनीय हुन्छ ।
अरुण तेस्रोको सफलता
अरुण तेस्रो जलविद्युत् परियोजनाको करिब १२ किमी लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । २०८१ जेठ २२ गते सो सुरुङ छिचोलिएको हो । यससँगै परियोजनाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र आगामी वर्ष सन् २०२५ भित्र उत्पादन सुरु गर्ने तयारी भइरहेको छ । मित्रराष्ट्र भारतको आर्थिक लगानीमा निर्माण भइरहेको नौ सय मेगावाट क्षमताको यस परियोजनालाई नेपालको जलविद्युत् विकासको सन्दर्भमा महìवपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।
संस्थागत जिम्मेवारीमा कमी
बाटोघाटो, पानीपँधेरो, मठमन्दिर, चौतारो, खेतबारी आदिमा बिरुवा रोपी हुर्काउने हाम्रो परम्परा रहेको छ । गोर्खाका राजा रामशाहले राज्य सञ्चालन गर्न २६ वटा थिति बाँधेका थिए । तीमध्ये १३ औँ थितिमा बाटो छेउ रुख रोप्नुपर्ने र काट्नेलाई दण्डजरिबाना गर्ने व्यवस्था थियो । नेपालमा वृक्षरोपण गर्ने कार्य धेरै पहिलेदेखि चलिआएको भए पनि योजनाबद्ध तरिकाले र व्यापक रूपमा भने २०१० सालको दशकबाट सुरु भयो । देशका विभिन्न भागमा वन नर्सरी स्थापना गरी करोडौँका सङ्ख्यामा बिरुवा उत्पादन गरी सरकारी र निजी गरी हजारौँ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिसकिएको छ । हुन त उपयुक्त हावापानी र मलिलो माटोका कारण देशका अधिकांश ठाउँमा प्राकृतिक रूपमै बिरुवा उम्री हुर्केका छन् तर यो सबै ठाउँमा सम्भव हुँदैन । चाहेको ठाउँमा चाहेको प्रजातिको छिटो उत्पाद
सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय
संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको तीन दलका नेताको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका अन्य नेता हुनुहुन्थ्यो ।
शिक्षण प्रणालीमै सुधारको खाँचो
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ तर तीमध्ये एक वा दुई विषयसम्म एनजी ल्याएका परीक्षार्थीलाई बोर्डले ग्रेडवृद्धि परीक्षाको मौका दिने छ ।
साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो ।
श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु
कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिका–३ गनवरियास्थित सडकमा लु ६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीया किसलावती ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।
विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा
तनहुँको घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका-१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ ।
बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस् : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
शिव लिङ्गेश्वर धाम
कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित धार्मिक पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाम । चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा
दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो ।
करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते
रुकुमपश्चिममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रतिनिधि सभा बैठक : राहत तथा उद्धारका काममा तीव्रता दिन माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्यार्पु ताल
रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल । स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ ।
कैलालीमा रोपाइँको रमाइलो (फोटो फिचर)
कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त मात्रामा वर्षा नभए पनि मध्य असार हुन लागेका कारण किसानहरु रोपाइँमा सक्रिय भएका हुन् ।
मनसुन विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु
मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते सम्ममा भएका विपदबाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रीले सांसद पर्खनुपर्दा...
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरू निर्धारित समयमा उपस्थित नहुँदा बिहीबारको बैठक एक घण्टापछि सुरु भयो ।
नाग्लीबाङ्ग सडक स्तरोन्नतिपछि यात्रा सहज
वर्षौँ देखिको कच्ची र जीर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका-८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामीण सडकको घुम्ती सुधार, ग्रेड मिलाउने, नाली, पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरूको यात्रा सहज भएको हो ।
खाम्चेलिङमा पहिरो, मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध
पाँचथरको याङवरक-४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्व भएको छ ।
विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ । दुई जना बेपत्ता छन् ।