राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।
दोस्रो अभ्यास खेल पनि वर्षाले रद्द
नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको दोस्रो अभ्यास खेल पनि वर्षाका कारण रद्द भएको छ ।
कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (फोटो फिचर)
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।
महिला फुटबल लिग : चन्द्रपुर र कर्णालीको बराबरी
एन्फा लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
भारतीय कप्तान जिनी मधेश युनाइटेडबाट खेल्दै
आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा भारतीय टोलीकी कप्तान जिनी कोभात साजीले मधेश युनाइटेडबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ । सेटर जिनीलाई मधेशले विदेशी खेलाडीको कोटामा टोलीमा अनुबन्ध गरेको हो ।
जिल्ला स्तरीय छात्रा फुटबलका लागि सम्झौता
हिमाली जिल्ला म्याग्दीमा हरेक वर्ष जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड छात्रा फुटबल प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको छ ।
साफ यु–२० फुटबल उपविजेतालाई जनही ५० हजार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
पलेशालाई भव्य स्वागतको तयारी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पारा ओलम्पिकमा पदक प्राप्त गर्न सफल खेलाडी पलेशा गोवर्धनलाई भब्य स्वागत गर्ने तयारी गरेको छ ।
महिला फुटबल लिग : बागमतीको फराकिलो जित
बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।
टेबलटेनिसलाई थ्री सिक्स्टी वानको प्रायोजन
नेपाली राष्ट्रिय टेबलटेनिस र अन्तर्राष्ट्रिय खेल पोसाक निर्माण कम्पनी थ्री सिक्स्टी वानबिच सोमबार प्रायोजन सम्झौता भएको छ ।
फ्रेन्चाइज महिला भलिबल लिगलाई वात्सल्य नेचुरलको साथ
असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) लाई वात्सल्य नेचुरल आइभिएफले मुख्य प्रायोजन गर्ने भएको छ ।
लिभरपुलको सानदार जित
लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ ।
एम्बाप्पे चम्किएपछि रियल म्याड्रिड विजयी
फ्रान्सेली स्टार केलियन एम्बाप्पे चम्किएपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले बेटिसमाथि सहज जित निकालेको छ ।
पारा ओलम्पिक : कुमाल हिट चरणबाटै बाहिर
नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनु भएको छ ।
महिला लिग : कोशीको विजयी सुरुवात
कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोलले हरायो ।
क्रिकेट टोली श्रीलङ्का प्रस्थान
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली आइतबार श्रीलङ्का प्रस्थान गरेको छ ।
वेस्टहामलाई हराउँदै सिटी शीर्षस्थानमा
वेस्टहाम युनाइटेडलाई हराउँर्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्टहामलाई उसैको मैदानमा ३–१ गोलले हरायो ।
रियल भालाडोलिडको पोस्टमा बार्सिलोनाको सात गोल
स्पेनिस पावर हाउस बार्सिलोनाले रियल भालाडोलिडको पोस्टमा गोल वर्षा गरेको छ । ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गोलले हरायो ।
सुदेश र स्वरिनलाई सटल टाईम ब्याडमिन्टन उपाधि
नेपाल सटल टाईम मिनी ब्याडमिन्टन प्रतिचयोगितामा यु–१५ पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले उपाधि जित्नुभएको छ ।
गल्याङ प्रिमियर लिग क्रिकेट : प्ले अफको समीकरण पुरा
स्याङ्जाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को प्ले अफ समीकरण पुरा भएको छ। गल्याङ क्रिकेट सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा गल्याङ ब्लास्टर, गल्याङ ईगल, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाइटेड प्ले अफमा पुगेका हुन् ।
पाँचौँ पुलचोक कपको उपाधि रिडर्सलाई
पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुलले जितेको छ ।