‘एसियाले विश्व खेलकुदलाई अगुवाइ गरेको छ’
एसियाली खेलकुद पत्रकारहरूको छाता सङ्गठन एआइपिएस एसियाको २५ औँ साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । सो साधारण सभाको उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भएको एसियाली खेल पत्रकारहरूको साधारण सभाले खेल पत्रकार मात्र होइन, खेलजगत्लाई नै फाइदा पुग्ने विश्वास लिएको बताउनुभयो । यसै गरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो प्रतिष्ठित कङ्ग्रेसको आयोजना गर्न पाउनु नेपालका लागि गौरवको विषय हो भन्दै खेल पत्रकारिता ओलम्पिक मुभमेन्टलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने पक्ष रहेको बताउनुभयो ।
कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी
कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ ।
अमेरिकामा हुने विश्वकप लिग–२ सिरिजको तालिका सार्वजनिक
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
तीन खेलाडीलाई उपचार सहयोग
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
महिला उद्यमीद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासङ्घ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
बागमतीमाथि आर्मीको सहज जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा बागमती क्लबमाथि सहज जित निकालेको छ ।
काभा यु–२० भलिबल टोलीको घोषणा
नेपाल भलिबल सङ्घले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले भिसा दिएन
नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ ।
तिम्बुङ पोखरी ट्रेल रनमा पाँचथरका विशाल प्रथम
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथर, फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम हुनुभएको छ ।
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।
कोशीलाई पुलिसको झट्का
एन्फा महिला लिगमा उच्च लयमा देखिएको कोशी प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।
यु–१९ टोलीको प्रशिक्षणका लागि २९ खेलाडी छनोट
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
भारतकी अनुश्रीले चितवनबाट खेल्ने
एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
दोस्रो ताप्लेजुङ गोल्ड कपको खर्च ७३ लाख
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा खर्च त्रिहत्तर लाख रुपियाँ खर्च भएको छ ।
सुदूरपश्चिममाथि आर्मीको गोल वर्षा
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ ।
स्पोर्ट्स अवार्डलाई केल्मीको साथ
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिले सहप्रायोजन गर्ने भएको छ ।
खेलाडीलाई व्यक्तित्व विकास तालिम
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना गरेको छ । सङ्घले तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन खेलाडीलाई तालिम दिएको हो ।
काभा महिला भलिबल टोलीको बिदाइ
भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको बिदाइ गरिएको छ ।
विश्वकप लिग–२ : क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।
मनसुन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबको आयोजना आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक क्लबले हात पारेको छ ।
चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
काठमाडौँ, भदौ २५ गते । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसाेसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिनुभयो । छलफलमा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी हुनुहुन्थ्यो । छलफलपछि नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गर्नुभएको छ । एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसाेसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान सञ्चालन गर्ने सहमति भएको छ । यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताउनुभयो । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गर्नुभएको सङ्घले जनाएको छ । उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताउनुभएको थियो । ट्रेडिसनल आर्चरी एसाेसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताउनुभयो । रासस
एन्फा महिला लिग : वालिङको दोस्रो जित
वालिङ नगरपालिकाले एन्फा महिला लिगमा दोस्रो जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले सङ्कटा क्लबलाई १–० गोलले हरायो ।
पलेशालाई रिपोर्टर्स क्लबको एक लाख रुपियाँसहित सम्मान
रिपोर्टर्स क्लब नेपालले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ । सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभएको हो ।
यानिकलाई युएस ओपन टेनिस उपाधि
युएस ओपन टेनिसको उपाधि विश्व नम्बर एक इटालियन स्टार यानिक सिनरले जित्नुभएको छ ।