• १६ भदौ २०८१, आइतबार

सुदेश र स्वरिनलाई सटल टाईम ब्याडमिन्टन उपाधि

blog

ब्याडमिन्टनमा उपाधि विजेता खेलाडी ।

काठमाडौँ, भदौ १६ गते । नेपाल सटल टाईम मिनी ब्याडमिन्टन प्रतिचयोगितामा यु–१५  पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्टन एकेडेमीकी स्वरिना श्रेष्ठले उपाधि जित्नुभएको छ ।

नेपाल ब्याडमिन्टन सङ्घले आयोजना गरेको एकदिने प्रतियोगितामा पुरुषतर्फ भोजपुरका सदीप राई दोस्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेस्रो हुनुभयो । महिलातर्फ सिन्धुपाल्चोककी अस्ना श्रेष्ठ दोस्रो र आर्मीकी युनिशा गुरुङ्ग र केबिसीकी प्रेनेशा श्रेष्ठ संयुक्त तेस्रो हुनुभयो । 

भक्तपुर सिपाडोलस्थित भादगाउँ स्पोर्टस् क्लबको कभर्ड हलमा आइतबार भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्की पहिलो हुनुभयो । फाइनलमा उहाँले आर्मीका दीप थिङ्गलाई हराउनुभयो । 

पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङ संयुक्त तेस्रो हुनुभयो । सोही स्पर्धाको महिलामा आर्मीकी अजरेन्का शेरचनले आश्रुति कार्कीलाई पराजित गर्दै स्वर्ण जित्नुभयो । केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ संयुक्त तेस्रो हुनुभयो । 

प्रतियोगितामा  पुरुषतर्फ ५५ र महिलातर्फ २५ खेलाडीको सहभागिता थियो । विजेतालाई नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।