भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको बताउनुभएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा फुटबल प्रतियोगिता
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा मंगलबारदेखि प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
मच्छिन्द्रको फराकिलो जित (फोटो फिचर)
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फराकिलो जित निकालेको छ ।
पोस्टबहादुर बोगटी स्मृति कपको उद्घाटन
प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएको छ।
बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोना तुलनात्मक रूपमा कमजोर टोली गिरोनासँग बराबरीमा रोकिएको छ ।
आर्मीलाई हक्की उपाधि
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
ह्विलचियर बास्केटबलको उपाधि थिङ्ग र राईको हातमा
इन्टर भ्याली ह्विलचियर बास्केटबल टुर्नामेन्ट २०७९ को प्रथम उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।
प्रधान सेनापति ट्रफी सुरु
प्रधान सेनापति ट्रफी-२०७९ खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जङ्गी अड्डास्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रधान सेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
सातौं चरणमा पुगेर पुलिसको पहिलो जित
विभागीय टोलीको नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
बद्रीलाललाई बुद्धिचाल उपाधि
सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाल नेपालीले जित्नु भएको छ।
आर्सनल र लिभरपुलको बराबरी
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।
अन्तिम ओभरमा रिंकु चम्किएपछि कोलकोताको रोमाञ्चक जित
अन्तिम ओभरमा रिंकु सिंहले चमत्कारपूर्ण प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा अविश्वसनिय जित निकालेको छ ।
सन्दीपको मुद्दामा चिकित्सकको बकपत्र गराउने आदेश
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६०) लाई परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश गरेको छ ।
टेबलटेनिस टोली कोरिया जाने
दोस्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ ।
आर्मी हक्कीको फाइनलमा
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मच्छिन्द्र र एनआरटी विजयी
साबिक विजेता मच्छिन्द्र र न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले सङ्कटा क्लबलाई २-१ गोलले हरायो ।
मेस्सी र रामोसको गोलमा पीएसजी विजयी
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि सानदार जित निकालेको छ ।
सिटीको सानदार जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर पलग फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले रेलिगेसनका दबाबमा रहेको साउथह्याम्पटनलाई ४–१ गोलले हरायो ।
नेपाललाई हराउँदै भियतनाम दोस्रो चरणमा
नेपाललाई दुवै खेलमा हराउँदै भियतनाम पेरिस ओलम्पिक-२०२४ को महिला फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
बक्सिङमा बागमती र एपीएफ च्याम्पियन
बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।
एभर्टनमाथि युनाइटेडको जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो ।
फिडे मास्टर सुजेन्द्रको निधन
फिडे मास्टर एवम् नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष सुजेन्द्र प्रसाद श्रेष्ठको शुक्रबार निधन भएको छ ।
कोरोना सङ्क्रमणले रोकिएको मेयर कप फुटबल सुरु
कोरोना सङ्क्रमणका कारण विगतका वर्षमा रोकिँदै आएको मेयर कप फुटबल प्रतियोगिता यो वर्षदेखि सुरु भएको छ।