• २६ पुस २०८१, शुक्रबार

मच्छिन्द्र र एनआरटी विजयी

blog

गोल गरेपछि मच्छिन्द्रका विमल घर्तीमगर । तस्बिर : एन्फा

काठमाडौं, चैत २६ गते । साबिक विजेता मच्छिन्द्र र न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले सङ्कटा क्लबलाई २-१ गोलले हरायो ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको अर्को खेलमा एनआरटीले पनि हिमालयन शेर्पा क्लबलाई २-१ गोलले हरायो । मछिन्द्रको जितमा विमल घर्तीमगर र आफिज ओलावालेले गोल गर्नुभयो । सङ्कटाका लागि मनिष डाँगीले सान्त्वना गोल गर्नुभयो ।

विमलले २०ओं मिनेटमा गोल गर्दै मच्छिन्द्रको उत्साह जगाउनुभयो । त्यसपछि २२औँ मिनेटमा सङ्कटाका मनिषले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ४६ओं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई पुनः अगाडि बढाउनुभयो ।

लिगमा मच्छिन्द्रको यो दोस्रा जित हो । मच्छिन्द्रले आइतबार मात्र नयाँ प्रशिक्षकको रूपमा किशोर केसीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

मच्छिन्द्रले प्रवेश कटुवालको स्थानमा केसीलाई मौका दिएको हो । केसीको सुखद नजितासँगै मच्छिन्द्रको लिगमा यो दोस्रो जित हो । जितसँगै सात खेलबाट नौ अङ्क बनाएको मच्छिन्द्र सातौँ स्थानमा छ । पराजित सङ्कटा नौ अङ्कसहित आठौँ स्थानमा छ । 

यसैगरी अर्को खेलमा एनआरटीलाई पुनरागमन जित दिलाउन रोहन खड्कीले ६७औँ र जेनिस प्रजापतिले ८९औँ मिनेटमा गोल गर्नुभयो । हिमालयन शेर्पा क्लबका खमिर गिल्सनले १४औँ मिनेटमा गरेको गोल सान्त्वना बनेको थियो ।

लिगमा एनआरटीको पहिलो जित हो । जितसँगै एनआरटीले सात खेलबाट ६ अङ्क बनाएको छ । हिमालयन शेर्पाको समान खेलबाट  सात अङ्क छ ।