• १९ असार २०८१, बुधबार

फिडे मास्टर सुजेन्द्रको निधन

blog

स्वर्गीय सुजेन्द्र प्रसाद श्रेष्ठ ।

काठमाडौं, चैत २५ गते । फिडे मास्टर एवम् नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष सुजेन्द्र प्रसाद श्रेष्ठको शुक्रबार निधन भएको छ । ५६ वर्षीय सुजेन्द्रको क्यान्सरका कारण निधन भएको नेपाल बुद्धिचाल संघका उपाध्यक्ष हेराकाजी मर्हजनले जानकारी दिनुभयो । 

मखन चेस क्लबका संस्थापक समेत रहनुुभएका अन्तर्राष्ट्रिय खेलाडी सुजेन्द्र लामो समयदेखि क्यान्सर पिडित हुनुहुन्थ्यो । बुद्धिचाल खेल विकासको निरन्तर क्रियाशील सुजेन्द्रले नेपालको प्रतिनिधित्व गर्दै इटालीमा भएको ३७औं ओलम्पियाड, जर्मनीमा भएको ३८औं ओलम्पियाड र नर्वेमा भएको ४०औं ओलम्पियाड खेल्नुभएको थियो ।

उहाँले श्रीलंकामा भएको एशियन जोनल ३.२ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरि फिडे मास्टर उपाधि हात पार्नुभएको थियो । यस्तै बंगलादेश, लेबनान, युएई, इन्डोनेसिया, न्युजिल्यान्ड, अमेरिकालगायत देशहरुमा भएको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभएका सुजेन्द्रले नेपालमा पहिलो  पटक रेटिङ बुद्धिचाल प्रतियोगिता समेत सुरुवात गर्नुभएको थियो ।