• १७ असार २०८१, सोमबार

बार्सिलोना बराबरीमा रोकियो

blog

बल खोस्ने प्रयास गर्दै बार्सिलोना र गिरोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २८ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोना तुलनात्मक रूपमा कमजोर टोली गिरोनासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । बल पोसेसनमा अब्बल देखिए पनि बार्सिलोनाले गोल गर्न सकेन । लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाको लिगमा यो तेस्रो बराबरी हो ।

बराबरीसँगै बार्सिलोनाले २८ खेलबाट ७३ अङ्क बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा १३ अङ्कले अगाडि छ । रियलको समान खेलबाट ६९ अङ्क छ । ३५ अङ्क बनाएको गिरोना ११औँ स्थानमा छ । एजेन्सी