• १३ असोज २०८१, आइतबार

आर्मी हक्कीको फाइनलमा

blog

हक्कीमा प्रतिस्पर्धा गर्दै आर्मी र मधेस प्रदेशका खेलाडी । तस्बिर : राखेप

विराटनगर, चैत २६ गते । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० गोलले हरायो । आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

आर्मीको जितमा रोमन रानाले चार गोल गर्नुभयो । काशीराज राईले तीन तथा अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापामगरले एक एक गोल थप्नुभयो । आर्मीका रञ्जित राउन म्यान अफ दि म्याच हुनुभयो । फाइनल र तेस्रो स्थानका लागि सोमबार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।