टिम इभेन्टमा ललितपुरलाई स्वर्ण
ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहिबार स्वर्ण जितेको छ । प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले हरायो ।
एनआरएनएको विजयी सुरुवात
कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहिबार भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हरायो ।
प्रेरणादायी व्यक्तित्व तेक्वान्दोका साधक खड्का
अशोक खड्का नेपाली तेक्वान्दोमा ठूलो सम्भावना बोकेका खेलाडी हुनुहुन्थ्यो । तर पटकपटकको चोटले एक अव्वल तेक्वान्दो खेलाडीलाई आफ्नो गन्तव्य पुग्नबाट रोक्यो ।
नेपाल टी–२० क्रिकेट लिगको दुई टोली घोषणा
असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल टी–२० क्रिकेट लिगका लागि दुई टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार थप दुई टोलीको घोषणा गरेको हो ।
नेपाल भलिबल सङ्घको अध्यक्षमा चन्द
नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार राति सम्पन्न नवौं चुनावी साधारणभाबाट चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अध्यक्ष पदकी प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गर्नुभयो ।
कप्तान लामिछानेमाथि अनुसन्धान सुरु
काठमाडौं, भदौ २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको किशोरी बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो। प्रहरीले उजुरीमा उल्लेख गरिएको होटलका सिसिटिभी फुटेजको समेत अनुसन्धान गर्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो। मैनालीका अनुसार लामिछानेमाथि किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको हो। ‘लामिछानेविरुद्ध परेको उजुरीमाथि हामीले अनुसन्धान सुरु गरेका छौँ, यो सूक्ष्मरुपमा गर्नुपर्ने अनुसन्धान भएकाले अहिले नै धेरै कुरा भन्न मिल्दैन’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अहिले धेरै काम गर्न बाँकी छ।’उजुरीमा स्याङ्जाको आरु चौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बुढानीलकण्ठ बस्ने लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। लामिछानेविरुद्ध उजुरी दर्ता भएपछि पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ। भदौ २१ गते प्रहरी वृत्त गौशालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते भक्तपुरका विभिन्न स्थानमा घुमाएर काठमाडौं ल्याएर रातको २३ः ५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नं. ३०५ मा भदौ ६ गते रातिको १२ः२५ बजे पटक पटक जबरजस्ती गरेको छ।’ सिसिटिभी फुटेज खोज्दै प्रहरीकप्तान लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानको क्रममा प्रहरीले थप प्रमाण खोज्न थालेको छ। उजुरीमा नाम उल्लेख गरिएका होटलका सिसिटिभी फुटेज चेक गर्ने जनाएको छ। ‘पीडितको तर्फबाट परेको जाहेरीमा उल्लेख भएको होटलको सिसिटिभी फुटेजमा होटलमा गएको भनिएको समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र चेक आउट भएको फेला पर्ने नपर्ने कुराको अनुसन्धान गर्न सिसिटिभी फुटेज चेक हुन्छ’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अनुसन्धान गर्न होटलको सिसिटिभी फुटेज चेक गर्छौ, अनुसन्धानमा कुनै कसर बाँकी रहने छैन।’ सबै प्रमाण सङ्कलन गरेपछि मात्र आरोपको विषयमा प्रहरीले बोल्न सक्ने उहाँको भनाइ छ। सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियम लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ ।
खेलकुदमा राजनीति नगरौँ : खेलकुद मन्त्री अथक
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल सङ्घको नवौँ चुनावी साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री अथकले सहमतिबाट सङ्घको नयाँ नेतृत्व चयन गर्नसमेत आग्रह गर्नुभएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा उजुरी परेको हो ।
सावित्रा र अनिताको गोलमा नेपालको सुखद सुरुवात
अनुभवी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरेपछि नेपालले छैटौं साफ महिला च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलले हरायो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भवना बलियो बनाएको छ ।
गोदावरी र भक्तपुर फाइनलमा
गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात : भुटान ४ शून्यले पराजित
काठमाडौं, भदौ २१ गते। नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। मंगलबार घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गर्नुभयो। खेलको १२ औं मिनेटमा नेपालका लागि सावित्राले पहिलो गोल गर्नुभएको थियो। पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा नेपालले थप तीन गोल गरेको हो। खेलको ६७ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। खेलको ७२ र ८४ मिनेटमा गोल गर्दै अनिताले भुटानविरुद्धको गोल अन्तर ४ शून्य गोल अन्तर बनाउनुभयो। नेपाली टिममा मंगलबारको खेलबाट दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यू गर्नुभएको छ। यो जितसँगै समूह बीमा रहेको नेपालले तीन अंक जोडेको छ। नेपालले समूह चरणको अर्को खेल भदौ २८ गते श्रीलंकासँग खेल्दैछ। उद्घाटन खेलको पहिलो हाफ वर्षाले प्रभावित भएको थियो।प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।
स्क्वास खेलाडी छनोट
गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट सम्पन्न भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङका खेलाडी छनोट
गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।
चितवन गोल्डकपमा १० टिम सहभागी हुने
भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।
केन्याविरुद्ध एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्वीप’
घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो ।
भारतको विजयी सुरुवात
भारतले श्रीलंकामा सोमबारदेखि सुरु भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानलाई ३–० गोलले हरायो ।
आर्सनललाई युनाइटेडको झट्का
इङ्लिस प्रियिमर लिग फुटबलको शीर्षस्थानमा रहेको आर्सनललाई म्यानचेस्टर युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ गोलले हरायो । यससँगै युनाइटेडको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
नेपाललाई केन्याको बलियो लक्ष्य
एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि दुई सय ५६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो ।
पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्ने नेपालको लक्ष्य
दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ महिला च्याम्पियनसिप फुटबल मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन सातवटै टोली काठमाडौंमा तयारी अवस्थामा छन् ।
एसिया कप क्रिकेट : पाकिस्तानसँग हार्यो भारत
एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको छ । सुपर चार अन्तर्गत आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो ।
भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो ।
गण्डकीका एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्रा(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् ।
गौतमको कप्तानीमा नवौंका लागि एनआरएनए क्रिकेट टोली घोषणा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टोलीको घोषणा गरेको छ । एनआरएनए खेलकुद प्रतिष्ठानले आइतबार सुनम गौतमको कप्तानीमा १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।