केपी ओली कप : मानेभञ्ज्याङ सेमिफाइनलमा
ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मानेभञ्ज्याङले भारतकै आईलिग टोली दिल्ली एफसीलाई ३–१ गोलले हरायो ।
लिभरपुललाई काराबाओ कप उपाधि
इङ्लिस लिग कप (काराबाओ) फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिदक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को १४औँ संस्करणको तयारी सुरु भएको छ ।
बागलुङलाई उपाधि
बागलुङले प्रथम सन्तोष थापा स्मृति कप भलिबल-२०८० को उपाधि जितेको छ । बागलुङले स्याङ्जालाई ३–१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले गर्दै उपाधि जितेको हो ।
एन्फा साधारण सभाबाट वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८०/२०८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न एन्फाको साधारण सभाले २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
दंगाली लायन्सको विजयी सुरुवात
नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उद्घाटन खेलमा दंगाली लायन्स विजयी भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको लिगको उद्घाटन खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई नौ विकेटले हरायो ।
‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक एक लाख
‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।
पाल्पामा राष्ट्रिय महिला भलिबल हुँदै
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी फागुन १८ गते देखि पाल्पामा हुने भएको छ । फागुन १८ देखि २४ गते सम्म जिल्लाको रामपुर नगरपालिकामा हुने भएको हो ।
पाँचथर गोल्डकप : इलामलाई हराउँदै झापा क्वार्टरफाइनलमा
रेडहर्स फुटबल क्लब इलामलाई हराउँदै झापा–११ पाँचथरको फिदिममा जारी चौथो बाइबाई पाँचथर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पूर्व खेलाडीहरु सम्मानित
भेट्रान खेलाडीहरूको छाता सङ्गठन नेपाल मास्टर्स एथलिट एसोसिएसनले खेलकुद विकासमा विशिष्ट योगदान गरेका पूर्व खेलाडी तथा खेल व्यक्तित्वलाई सम्मान गरेको छ ।
थ्रीस्टारलाई हराउँदै एनआरटी सेमिफाइनलमा
न्यूरोड टिम (एनआरटी) क्लब थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाफ महिला फुटबल : नेपाल अपराजित रहँदै सेमिफाइनलमा
नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (बाफ) महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक
नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आइसिसी विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग हार्यो नेपाल
आइसिसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ ।
ताप्लेजुङ ब्याडमिन्टन सङ्घमा सिङ्घक चयन
जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङ अध्यक्षमा सुरेश सिङ्घक चयन हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न ब्याडमिन्टन सङ्घको वार्षिक साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनले सिङ्घक अध्यक्ष नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
विद्यार्थीलाई क्रिकेट खेल सामग्री हस्तान्तरण
गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयका छात्राहरूलाई कोहलपुर नगरपालिकाले क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।
नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदान नेदरल्यान्डसले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो । नेदरल्यान्ड्सविरुद्ध नेपाल जित निकाल्दै यस सिरिजको अन्त्य गर्ने लक्ष्यमा छ । यस्तै नेदरल्यान्ड्स पनि सिरिजको अन्तिम खेल जित्न चाहन्छ ।
गोरखकाली रनिङकपको उपाधि हरमटारीले लियो
मिस्टर बि आठौँ गोरखकाली रनिङकप प्रतियोगिताको उपाधि आयोजक हरमटारी युवा क्लबले जितेको छ । गोरखा नगरपालिका – ६ हरमटारी खेलकुद मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा चाइनिज धारा फेमली क्लबलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो ।
गोर्खालीलाई रग्वी लिग उपाधि
राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । दशरथ रंगशालामा शिनिबार भएको फाइनलमा त्रभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।
बेलबारीको विजयी सुरुवात
राइजिङ व्रदर्श छटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२४ को उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।
लोयल्टी कपमा पिस प्वाइन्ट च्याम्पियन
पिस प्वाइन्टले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
गुहेश्वरी, बौद्ध र प्यारागनलाई उपाधि
गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि जितेका छन् ।
भलिबल : स्याङ्जा फाइनलमा
स्याङ्जा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।