• २४ वैशाख २०८१, सोमबार

बाफ महिला फुटबल : नेपाल अपराजित रहँदै सेमिफाइनलमा

blog

गोल गरेपछि सावित्रा भण्डारी (साम्बा) । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १३ गते । नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (बाफ) महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले हरायो । नेपाल समूहमा अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा सावित्री भण्डारी (साम्बा)ले दुई गोल गर्नुभयो । गीता राना र रेखा पौडेलले एक एक गोल थप्नुभयो ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल र दोस्रो खेलमा इराकलाई ५–० गोलले हराएको थियो । समूहको अन्तिम खेल अघि नै अन्तिम चारमा स्थान बनाएको नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन भिड्नेछन् ।