इराकविरुद्धको जितमा सावित्राको पाँच गोल
वाफ महिला च्याम्पियनसिपमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले बिहीबार इराकलाई ५–० को फराकिलो अन्तरले हराएको छ । यस जितसँगै नेपालको दुई खेलबाट दुई जित हासिल भएको छ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यलोस्टाइनविरुद्ध खेल्ने छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । पश्चिम एसियाका गल्फ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो ।
सन्दीपले बाहिरै बसेर मुद्दा लड्न पाउने
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन्।
खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
पिस प्वाइन्ट र काष्ठमण्डप उपाधि नजिक
पिस प्वाइन्ट र काष्ठमण्डप १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
क्यानडालाई एक दिवसीय सिरिज
नेपाल ‘ए’ विरुद्ध तीन खेलको एक दिवसीय सिरिज क्यानडाले जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हरायो ।
धरान रन शनिबार
धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको संस्थापक सन्तोष राईले बताउनुभयो ।
बुढासुब्बा गोल्डकप फागुन अन्तिममा
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत्र ३ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भइसकेको जानकारी दिएको हो ।
अन्तिम खेल उत्कृष्ट खेल्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताउनुभएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन
दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन बनेको छ ।
ब्रेन्टफर्डमाथि सिटीको कठिन जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रियिमर लिगमा ब्रेन्टफर्डमाथि कठिन जित निकालेको छ । घरेलु मैदान मङ्गलबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।
नेपालद्वारा नामिबियालाई १६९ रनको लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।
वाफ महिला फुटबल : नेपालको विजयी सुरुवात
साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपालले सिरियालाई ४-१ गोलले हरायो ।
नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बागमती गोल्डकप : एपिएफ फाइनलमा
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
कञ्चनपुरलाई नेत्रहीन क्रिकेट उपाधि
बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो ।
पाल्पाको विजयी सुरुवात
प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।
लोयल्टी र काभ्या क्वार्टरफाइनलमा
आयोजक लोयल्टी ‘बी’ र काभ्या १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।
होलिल्याण्ड स्कुललाई बास्केटबल उपाधि
दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
टी–२० विश्वकपअघि नेपालले भारतमा खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । नेपालले विश्वकपको तयारीस्वरुप भारतको बरोडा र गुजरात क्रिकेट सङ्घको टोलीसँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
प्रदेश स्तरीय ब्याडमिन्टनको तयारी पूरा
पाँचथरको फिदिममा बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सँगै खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
तेक्वान्दो खेलाडी छनोट
फ्रान्सको पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्सका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडीको छनोट गरिएको छ ।
नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य
एक दिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाल ‘ए’ लाई दुई सय ४१ रनको लक्ष्य दिएको छ ।