• ६ जेठ २०८१, आइतबार

ब्रेन्टफर्डमाथि सिटीको कठिन जित

blog

बल खोस्ने प्रयासमा सिटी र ब्रेन्टफर्डका खेलाडी ।

काठमाडौँ, फागुन ९ गते । म्यानचेस्टर सिटीले इङ्लिस प्रियिमर लिगमा ब्रेन्टफर्डमाथि कठिन जित निकालेको छ । घरेलु मैदान मङ्गलबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।

सिटीको जितमा एर्लिङ हालान्डले निर्णायक गोल गर्नुभयो । उहाँले ७१औँ मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बनेको थियो । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्ष टोली लिभरपुलसँगको दूरी एक अङ्कले घटाएको छ । 

सिटीले २५ खेलमा ५६ अङ्क पुगेको छ । लिभरपुलको ५७ अङ्क छ । पराजित ब्रेन्टफर्ड २५ अङ्कसहित १४औँ स्थानमा छ । एजेन्सी