• १२ साउन २०८१, शनिबार

अन्तिम खेल उत्कृष्ट खेल्छौँ : कप्तान पौडेल

blog

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल । फाइल तस्बिर

काठमाडौँ, फागुन ९ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताउनुभएको छ ।

बुधबार नामिबियासँग २ विकेटको हारपछि सञ्चारकर्मीसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताउनुभयो । उहाँले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताउनुभयो । उहाँले आगामी खेलका लागि सबै जना जित्नुपर्ने मनोबल लिएर बसेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो भूमिकाले एकदमै डिस्पोइन्टेड भयो, म जिम्मेवारी लिन्छु । म शून्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचे जस्तो सुरुवात भयो तर पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाइको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर क्लियारिटी छौँ । हामीले परिस्थितिलाई हेरिरहेका छौँ । आजको हारले गर्दा सबैजना मोटिभेटेड छन् । अन्तिम गेमलाई लिएर । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ ।’

नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग चार विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो । नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आइतबार खेल्नेछ ।

यो पनि पढ्नुहोस

नेपालद्वारा नामिबियालाई १६९ रनको लक्ष्य