भिमसेन तारासँग सेना पराजित
गोरखामा जारी मिस्टर बि आठौँ रनिङ कप–२०८० को दोस्रो दिन सोमबारको खेलमा नेपाली सेनाको रिपुमर्दन गण गोरखा भिमसेन तारा युवा क्लब गोरखासँग ४–० गोलले पराजित भएको छ ।
जिल्लास्तरीय तेक्वान्दो सुरु
दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ ।
बर्दीबासमा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल
बर्दीबासमा सुविधा सम्पन्न कभर्ड हल निमार्ण भएको छ । करिव २ करोड रुपियाँमा निर्माण गरिएको ब्याडमिन्टन कर्भडहलको सोमवार प्रजातंत्र दिवसको अवसरमा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो ।
कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता
आठौँ संस्करणको कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म हुने भएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले हरायो । नेदरल्यान्ड्सको यो पहिलो जित हो ।
बागमती गोल्डकप : सेमिफाइनल समीकरण पूरा
मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गोर्खाली र एपिएफको विजयी सुरुवात
पाँचौँ संस्करणको फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपमा गोर्खाली रग्बी क्लब र विभागीय टोली एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
पाथीभरा याङ्वरकलाई सिदिङ्वा रनिङ शिल्ड भलिबल उपाधि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ ।
छात्र फुटबलमा लोयल्टीको दोहोरो जित
आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।
क्योकुशिन सेईसिन काईकान कराते सम्पन्न
नेपाल क्योकुशिन–सेईसिन काईकान कराते सङ्घको आयोजनामा सुर्यविनायक डोजोको संयोजकत्वमा फागुन ४ र ५ गते २ दिनसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।
नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित
नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो ।
बर्दिबासमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता
बर्दिबासमा सोमबारदेखि प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबास नगरपालिका तथा बर्दिबास ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा पुरुष डवल्स स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्दलाई
धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ । सहिदभुमीको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउदै उपाधि जितेको हो । विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैया हात पारेको छ भने उपबिजेता दमक नगरपालिकाले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधिमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । पोखरा रङ्गशालाबाट शनिबार बिहान सुरु भएको १८औँ संस्करणको यो म्याराथनमा जुलियस मरुयाली वाहोम पहिलो हुनुभयो ।
विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सहज जित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।
तेक्वान्दोका चार खेलाडीलाई ब्ल्याक बेल्ट
राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालले धनगढीका चार जना खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरेको छ । खेल प्रशिक्षण सुरु गरेको तीन वर्षपछि धनगढीका सृजना गुरुङ, आर्यन डगौरा, प्रभात जोशी र प्रशंसा अधिकारीले ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका हुन् ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
हाप्किडो नेशनल च्याम्पियनसिप उपाधि लुम्बिनीलाई
नेपालगन्जमा सम्पन्न भएको पहिलो प्रोफेशसनल हाप्किडो नेशनल च्याम्पियनसीपमा लुम्बिनी प्रदेश पहिलो हुँदै उपाधि जित्न सफल भएको छ ।
चार करोडको लागतमा बहुउद्देशीय कभर्ड हल निर्माण
ईन्डोर खेल खेलाउन सहज बनाउने उद्देश्यले धनकुटाको हिलेमा हिले बहुउद्देशीय कभर्ड हल निर्माण हुने भएको छ ।
रन फर अटिज्म हुने
राउन्ड टेबल नेपालले चैत १० गते रन फर अटिज्म दौडको आयोजना गर्ने भएको छ । सो दौड तीन, पाँच र दश किलोमिटरको हुने छ ।
एसिसी महिला प्रिमियर कप क्रिकेटः नेपाल मलेसियासँग पराजित
एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ।
नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।