सुवाशलाई भारतीय गल्फ टुरको फुल कार्ड
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्नुभएको छ ।
सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ ।
सुजेन्द्र स्मृति बुद्धिचाल शनिबार
नेपालमा बुद्धिचाल महासङ्का पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा शनिबार एकदिने द्रुतगतिको खुला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
एउटै स्टेजमा तीन पुस्ताका खेलाडी सम्मानित
विभिन्न कालखण्डमा नेपालको शारीरिक सुगठन तथा फिटनेसको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं पुर्व खेलाडीहरुलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
फुटबलसँगै नेपाल चीन सांस्कृतिक आदनप्रदानको अवसर
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
स्पोर्ट्स अवार्डको चार विधाको अन्तिम मनोनयन सार्वजनिक
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ का लागि चार विधाको अन्तिम मनोनयन सार्वजनिक गरिएको छ ।
महिला क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेको छ ।
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।
अवार्डलाई प्लाजा होटल्स ग्रुपको सहप्रायोजन
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि प्लाजा होटल्स ग्रुपले सहप्रायोजन गर्ने भएको छ ।
दीपेन्द्रले युएईमा आइएल टी–२० खेल्ने
नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (युएई) को अन्तर्राष्ट्रिय आइएल टी–२० खेल्नुहुने भएको छ । दीपेन्द्रलाई फ्रेन्चाइज क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको हो ।
नेपालद्वारा क्यानडालाई २२५ रनको लक्ष्य
तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ ।
इरानलाई हराउँदै कतार फाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपाल र क्यानडा भिड्दै
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
क्यानडासँगको सिरिजका लागि नेपाल तयार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध बिहीबारदेखि सुरु हुने तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।
मच्छिन्द्रलाई यु–१६ फुटबल लिग उपाधि
एन्फा यु–१६ फुटबल लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
अन्तर प्रदेश प्रतियोगिताको तयारीमा कर्णाली
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आगामी फागुन २४ देखि ३० गतेसम्म बागमती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटलाई तीव्रता दिएको छ ।
मनमोहन मेमोरियल यु–१६ क्रिकेट पोखरामा
तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा
जोर्डन कतारमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा मङ्गलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले हरायो ।
चिनियाँ युवा फुटबल टोली नेपालमा
दशरथ रङ्गशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न चिनियाँ युवा टोली बुधबार काठमाडौँ आइपुगेको छ । नेपालले चीनको चिङ्घाइ फुटबल क्लबसँग माघ २७ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
न्यू दर्पण क्लबलाई डाँफे कपको उपाधि
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मेयरकप तेक्वान्दोको तयारी पूरा
जैशीदेवल यूथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।