न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन
साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ ।
गीता र श्रेयालाई टेबलटेनिस उपाधि
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो दिन मङ्गलबार गीता थापामगर र श्रेया धर आआफ्नो विधामा च्याम्पियन बन्नुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कोशीको सान्त्वना जित
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
तानसेनमा राष्ट्रपति रनिङ् शिल्ड सुरु
तानसेनको टुँडिखेल मैदानमा पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । मङ्गलबारदेखि सुरु प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयो ।
स्पोर्ट्स अवार्ड विजेतालाई सात लाख बराबरको बिमा
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेतालाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले सात लाख रुपियाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।
नगर फुटबलमा सिरिजङ्गा च्याम्पियन
फाइनलमा नजरिन युथ क्लबलाई १–० गोलले हराउँदै सिरिजङ्गा च्याम्पियन बनेको हो । सिरिजङ्गाको जितमा योग थापाले खेल सुरु भएको दोस्रो मिनेटमै निर्णायक गोल गर्नुभएको थियो ।
आर्मीका खड्कालाई व्यास अल्ट्रा म्याराथन उपाधि
सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जित्नुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको फाइनल पुग्ने सम्भावना कायम
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि आर्मीको सहज जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हरायो ।
प्रदेश सरकारको प्राथमिकतामा खेलकुद : मन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
प्रधानसेनापति खुला म्याराथन फागुनमा
प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता-२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस फाइनलमा
मुलपानी मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । लगातार सातौँ जित निकालेको पुलिसले १४ अङ्क बनाएको छ ।
साफ महिला यु–१९ टोलीको बिदाइ
बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने साफ महिला यु–१९ च्याम्पियनसिपमा सहभागिताका लागि नेपाली टोलीको विदाइ गरिएको छ ।
यु–१९ विश्वकप क्रिकेट : सुपर सिक्समा नेपालको प्रतिद्वन्द्वी भारत र बङ्गलादेश
दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारत र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
मदन भण्डारी फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
मिसन २०औँ एसियाड : पाँच खेलको विशेष प्रशिक्षण सुरु
जापानमा सन् २०२६ मा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन एसियाड प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
आहा रारा गोल्ड कप : सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा
साबिक विजेता सङ्कटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र मधेश विजयी
त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विजयी भएका छन् ।
दक्षिण एसियाली सेपाक ताक्रो नेपालमा हुने
पाँचौँ दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
चौलागाईँलाई बुद्धिचाल उपाधि
स्काई वाल्क टावर अन्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट चेस क्लबका १८९३ रेटेड सिएम पुरुषोत्तम चौलागाईँले जित्नुभएको छ ।
एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी
सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।
बास्केटबल कोर्टमा कराते !
सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।
नेपाल कबड्डी लिगको तयारी
अखिल नेपाल कबड्डी सङ्घले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित कबड्डी लिग गर्ने तयारी गरेको छ । नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी सङ्घले तयारी थालेको हो ।
एसीसीको साधारण सभामा चन्द र खड्काले भाग लिने
आगामी जनवरी ३१ देखि इन्डोनेसियामा सुरु हुने एसीसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुहुनेछ ।