• ८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : कोशीको सान्त्वना जित

blog

काठमाडौँ, माघ १६ गते । कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको आफ्नो अन्तिम खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो । 

कोशीले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि दिलसाद अलीले ३२, विराट भण्डारीले २८, सम्राट् भुसालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाउनुभयो । बलिङमा कोशीका सुजन घिमिरेले तीन विकेट लिनुभयो । अभ्यास तिम्सिना, समीर कार्की र कमल खत्रीले समान दुई दुई विकेट लिनुभयो । 

यसअघि कोशीका लागि अङ्कित सुवेदीले ४९, सुजन घिमिरेले ४३, मिनास थापाले २५, सोनु अन्सारीले १७ र आशिष् भट्टराईले १० रन बनाउनुभएको थियो । 

बलिङमा लुम्बिनीका नर सार्कीलेचार  विकेट लिनुभयो । वीर मगरले तीन, अभिषेक गौतमले दुई र कृष्ण कार्कीलेएक विकेट लिनुभयो । प्रतियोगिताको नौ खेलमा दुई अङ्क बनाएको कोशी तालिकाको अन्तिममा रह्यो । आठ खेलबाट दुई नै अङ्क बनाएको लुम्बिनी नवौँ स्थानमा छ ।