• ९ असार २०८२, सोमबार

सायम अन्तरकलेज फुटसलमा २८ टिम

blog

काठमाडौँ, असार ९ गते  हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहने भएको छ । 

बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले जानकारी दिनुभयो । 

सहभागी २८ टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुनेछन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: ९० हजार, ४० हजार र २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले तीन तीन हजार रुपियाँ पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्नेछन् । 

यस्तै उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउनेछन् ।प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । 


लेखक बाट थप