• १० असार २०८२, मङ्गलबार

निर्वाचन क्षेत्र रणनीतिक सडकहरूलाई राष्ट्रिय राजमार्ग सरह निर्माण गर्छौंः मन्त्री दाहाल

blog

काठमाडौँ, असार ९ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १६५ वटै निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ ।प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले स्रोत अभावका कारण केही सडक आयोजनाहरू सम्बन्धित जिल्लामा नपरेको स्वीकार गर्दै छलफलका क्रममा सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत निर्वाचन क्षेत्र रणनीतिक सडकलाई राष्ट्रिय राजमार्ग सरह पूर्ण रूपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘निर्वाचन क्षेत्र रणनीतिक सडकलाई कुनै पनि हालतमा छोड्नु हुँदैन भनेर मैले १६५ वटै क्षेत्रका सडकमा रकम हालेको छु । तर केही आयोजनाहरू चाहिँ जुन जिल्लामा पर्नुपर्थ्यो त्यो जिल्लामा छैन । अर्थ मन्त्रालयसँग कुरा गरेर त्यसलाई सच्याउनुपर्छ । निर्वाचन क्षेत्र रणनीतिक सडकहरूलाई अगामी दिनमा पनि राष्ट्रिय राजमार्ग सरह पुरा गर्नुपर्छ भनेर लागेका छौँ ।’

सङ्घीयता कार्यान्वयनमा समेत टेवा पुग्ने गरी बजेटको समानुपातिक वितरण गरिएको मन्त्री दाहालको दाबी छ ।